» » काँग्रेस महाधिवेशनः ६३ जनाद्धारा उम्मेदवारी फिर्ता


काँग्रेस महाधिवेशनः ६३ जनाद्धारा उम्मेदवारी फिर्ता
काठमाडौँ, फागुन २२ गते । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले १३औँ महाधिवेशनका लागि उम्मेदवारी दिएका नेताको आज अन्तिम नामावली प्रकाशन गरेको छ ।

फागुन २० र २१ गते भएको मनोनयन दर्तामा पदाधिकारीसहित केन्द्रीय सदस्य पदमा ३७५ जनाले उम्मेदवारी दर्ता गराएकामा ६३ जना केन्द्रीय सदस्य पदका उम्मेदवारले मनोनयन फिर्ता लिएपछि ३१२ जनाको उम्मेदवारी कायम रहेको छ ।

समितिले प्रकाशन गरेको नामावलीअनुसार सभापति, महामन्त्री र कोषाध्यक्ष पदका १० जना उम्मेदवारमध्ये कसैले पनि नाम फिर्ता नलिएको जनाइएको छ । सभापतिमा कार्यबाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

महामन्त्रीमा डा शशाङ्क कोइराला, अर्जुननरसिंह केसी र गगनकुमार थापाले उम्मेदवारी दिनुभएको छ । कोषाध्यक्षमा वर्तमान कोषाध्यक्ष चित्रलेखा यादव, सीतादेवी यादव, उमाकान्त चौधरी र कृष्ण कार्कीले उम्मेदवारी दर्ता गराउनुभएकोमा सबैको उम्मेदवारी यथावत् रहेको समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।

खुला केन्द्रीय सदस्यमा २५ पदका लागि ९० जनाको उम्मेदवारी परेको छ । आरक्षणतर्फ छजना महिला केन्द्रीय सदस्य पदका लागि ३८, प्रदेश नं १ मा दुई केन्द्रीय सदस्य पदका लागि १३, प्रदेश नं २ मा दुई पदका लागि पाँच, प्रदेश नं ३ मा दुई पदका लागि १८, प्रदेश नं ४ मा दुई पदका लागि नौ, प्रदेश नं ५ मा दुई पदका लागि १०, प्रदेश नं ६ मा दुई पदका लागि पाँच र प्रदेश नं ७ मा दुई पदका लागि सातजनाकै उम्मेदवारी कायम भएको समितिले जनाएको छ ।

आरक्षणमा आदिवासी जनजातितर्फ तीन केन्द्रीय सदस्य पदका लागि ४०, आदिवासी जनजाति महिलातर्फ दुई पदका लागि १२, दलित तीन पदका लागि २०, दलित महिलातर्फ दुई पदका लागि पाँच, मधेसी आरक्षणतर्फ तीन पदका लागि १५ र मधेसी महिला दुुई पदका लागि नौ र मुस्लिम आरक्षणतर्फ एक पदका लागि छजनाको उम्मेदवारी कायम भएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..