» » सोनल र मण्डल रातारात पुगे दिल्ली

काठमाडौ चैत ३ गते । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव दिल्लीमा राजनीतिक भेटघाटमा व्यस्त रही रहेकै बेला तमलोपाका अर्का दुईजना नेता दिल्ली पुगेका छन् ।

तमलोपाका महामन्त्री जितेन्द्र सोनल र केन्द्रीय सदस्य सुरेश मण्डल दिल्ली पुग्नु भएको छ । रेल मार्ग हुँदै आज विहान दिल्ली पुग्नु भएका यी दुई नेताहरु पनि राजनीतिक भेटघाटमा व्यस्त रहने बताइएको छ । यद्यपी उहाँहरुको दिल्ली जानुको पहिलो उद्देश्य दिल्लीमा रहेका मधेशी जनजाति विद्यार्थीलाई भेटेर बधाई दिने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली भारत गएको बेला कालो झण्डा देखाउने बेला पक्राउ परी जेल परि रिहाय भएका विद्यार्थीहरुलाई नेताद्धय मण्डल र सोनलले भेट्नु हुनेछ । ती विद्यार्थीहरुसँग अन्तरक्रिय कार्यक्रम गर्नुको साथै बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको नेता मण्डलले जानकारी गराउनु भयो ।
विद्यार्थीहरुसँग भेटघाट सकेपछि उहाँहरुले भारतीय दलका नेताहरुसँग भेटेर मधेशको वर्तमान अवस्थाको बारेमा अवगत गराउने पनि कार्यक्रम रहेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..