» » पत्रकार सरदार पुरस्कृत


मोरङ, फागुन २५ गते। यसवर्षको उदीयमान पत्रकारिता पुरस्कारबाट पत्रकार पदम सरदार (बाँतर) पुरस्कृत हुनुभएको छ ।

पत्रकार कल्याण कोष मोरङले सोमबार विराटनगरमा आयोजना गरेको सम्मान समारोहमा सरदारलाई ग्रामीण क्षेत्रको विकासमा पत्रकारितामार्फत योगदानको कदर गर्दै पुरस्कृत गरिएको पत्रकार कल्याण कोष मोरङका अध्यक्ष प्रह्लाद साहले जानकारी दिनुभयो ।

पत्रकार सरदारलाई मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायले ताम्रपत्र र नगद प्रदान गरेर पुरस्कृत गर्नुभयो । पत्रकार सरदारलाई नगद रु ११ हजार तथा सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै पत्रकार कल्याणकोषका अध्यक्ष प्रह्लाद साहले सत्यतथ्य समाचार सम्प्रेषण गरेर पत्रकार जगत्ले समाजलाई सही बाटोमा लैजानुपर्नेमा जोड दिनुभयो ।

पत्रकार महासङ्घ मोरङका जिल्ला सदस्यसमेत रहनुभएका पत्रकार सरदार ग्रामीण जागरण साप्ताहिकका सम्पादक÷प्रकाशक हुनुहुन्छ । कार्यक्रममा पत्रकार कल्याण कोष मोरङका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै मोरङका प्रजिअ तोयम रायले पुरस्कारले पेसालाई अझै मर्यादित बनाएको बताउनुभयो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..