» » चैतमसान्तको अल्टिमेटमसहित मधेशी मोर्चाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

काठमाडौ फागुन २९ गते । विभिन्न सात बुँदे माग राख्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज विहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाउने भएको छ ।

हिजो तराई मधेश लोकतान्त्रिक पार्टी कार्यालयमा बसेको मधेशी मोर्चाको बैठकले ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो । यसअघि मंसिर १५ गते सरकार समक्ष पेस गरेको ११ बुँदे माग पूरा गराउन ध्यानाकर्षण गराउँदै मधेश आन्दोलनमा मृत्यू भएकालाई सहिद घोषणा गर्ने, घाइतेलाई निशुल्क उपचार, पिडित परिवारलाई क्षतिपूर्ति, आन्दोलन अवधिभरको कर मिनहालगायतको माग राख्दै ज्ञापनपत्र बुझाउन लागिएको राष्ट्रिय मधेश समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी गराउनु भयो ।

प्रस्तुत माग चैत्रमसान्त भित्र पूरा गर्न आग्रह गर्दै सो अवधिमा माग पूरा नभए आन्दोलनमा जाने चेतावनी समेत दिएको झाले बताउनुभयो । यसैबीच मोर्चाले बैठकपछि एक विज्ञप्ति जारी गरी सर्वोच्च अदालतमा भएको न्यायधिश नियुक्तिको विरोध गरेको छ ।

न्याय परिषद्को पूर्णता र संसदीय सुनुवाई समितिको गठन नभएको अवस्थामा नेपालको सविधान २०७२ को धारा ४२ को समेत विपरित राजनैतिक आस्थाको र भागबण्डाको आधारमा नियुक्ति गरेको आरोप लगाउँदै मोर्चाले न्याय परिषद्को पूर्णता दिई समानुपातिक समावेशी आधारमा न्यायधिश नियुक्ति गर्न माग गरेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..