» » उपेन्द्र र महन्थ दिल्ली प्रस्थान


काठमाडौं फागुन ३० गते । नेपाल भारत मैत्री महिला समाजले आयोजना गर्न लागेको कार्यक्रममा भाग लिन संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर आज दिल्ली प्रस्थान गर्नु भएको छ ।
भोली हुने अन्तरक्रिया कार्यक्रममा भाग लिई चैत्र २ गते नेपाल फर्किनु हुनेछ । त्यहाँ भारतीय नेताहरूलाई भेट्ने औपचारिक खार्यक्रम नभएपनि समय रहेमा भेटघाट हुने सम्भावना रहेको स्रोतले जनाएको छ ।
कार्यक्रममा राजेन्द्र महतोलाई पनि निम्तो थियो तर पार्टीको कार्यक्रममा व्यस्त भएको कारण उहाँ जानु भएन ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..