» » चिनियाँ राजदूतसँग भेट्दै मधेशी मोर्चा

काठमाडौ चैत ५ गते । चैत ७ गते प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको हुन गइरहेको चीन भ्रमणको पूर्वसन्ध्यामा मधेशी मोर्चासहितको संघीय गठनबन्धनले चिनियाँ राजदूतलाई भेटघाट गरि मधेशको समस्याको बारेमा जानकारी गराई रहेका छन्

अहिले लाजिम्पाटस्थित सांग्रिला होटलमा जारी भेटघाटमा मधेशी मोर्चाका नेताका लागि अन्य जनजातिहरुको पार्टी गरि १५ दल सहभागि रहेको बताइन्छ । भेटघाटमा मधेशी नेताहरुले राज्यद्धारा मधेशमाथि भएको दमन तथा वार्ताप्रति देखाएको उदासिनताका बारेमा जानकारी गराई रहेको छ ।

६ महिनासम्म आन्दोलन गर्दा पनि केही सुनुवाई नगरेपछि केही दिनका लागि आन्दोलनको स्वरुप परिवर्तन गर्दा पनि वार्ताबाट मधेशको समस्या समाधान नगरिरेर चीन भ्रमणमा गइरहेको हुनाले भ्रमणमा रहेको बेला मधेशको समस्या समाधान गर्न सुझाव दिन राजदूतलाई आग्रह गर्न लागिएको स्रोतले जनाएको छ ।
साथै भ्रमणमा रहेको बेला देशलाई दीर्घकालिन असर पार्ने त्यस्तो कुनै प्रकारको सम्झौताहरु नगर्न सुझाव दिएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..