» » भारतीय नागरिक मृत फेला


बाँके चैत ३ गते । नेपालगन्जको एक होटलमा हिजो एक भारतीय नागरिक मृत अवस्थामा भेटिएका छन् ।

नेपालगन्जस्थित धम्बोझी नजिकै रहेको होटल सम्मानमा सोमबार राति बास बसेका अन्दाजी ४५÷५० वर्षका भारतीय नागरिक जेआर सिंह मंगलबार बिहान मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।

सिंह गनापुरस्थित एक कम्पनीका इन्जिनियर भएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीले बताउनुभयो ।

यसअघि पनि एक हप्ताअगाडि न्युरोडको कस्तुरी होटलमा बास बसेका एकजना बेलायती नागरिक मृत भेटिएका थिए । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..