» » महेन्द्र यादवले भन्नुभयो, प्रधानमन्त्रीको चीन भ्रमणअघि विरोध प्रदर्शन गर्ने


काठमाडौ, चैत २ गते । तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले मधेसको समस्या समाधान नगरी प्रधानमन्त्रीले गर्ने विदेश भ्रमण जनताको हितमा नहुने भन्दै चीनले प्रधानमन्त्रीको यो भ्रमणलाई महत्व नदिएको दावी गर्नुभयो ।

राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्नु हुँदै उहाँले पहिचान विपरित संविधान र नश्लवादी सरकरालाई समर्थन नगर्न चीनसँग आग्रह गर्दै प्रधानमन्त्रीको चीन भ्रमण अघि मधेसी मोर्चाले सडकमा विरोध गर्ने र चीनियाँ दुतावासमा ज्ञापन पत्र बुझाउने बताउनु भयो ।

अहिलेको सरकार असफल भएको र प्रतिपक्ष पनि त्यस्तै भएको भन्दै उहाँले माग पुरा नभएसम्म जसको नेतृत्वमा सरकार बने पनि आफुहरुकोलागि कागलाई बेल पाक्यो हर्ष न विष्मात जस्तै भएको बताउनु भयो ।

केपी ओली नेतृत्वको सरकार लामो नजाने आफ्नै कारणले ढल्ने दावी गदै आफूहरुको माग पुरा नभए होली पछि कडा आन्दोलन सुरु गर्ने र त्यो हिमाल, पहाड र तराईमा एकै पटक हुने दावी गर्नुभयो ।

नेपाली काँग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य बालकृष्ण खाँडले अबको सरकार नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने दावी गर्नुभएको छ ।

उहाँले सबैभन्दा ठूलो दलको नेतृत्वमा नभए दह्रो सरकार बन्न नसक्ने भन्दै अबको सरकार बन्दा ठूलो पार्टीको सभापतिको हैसियतले देउवाकै नेतृत्वमा बन्ने बताउनु भयो । 

खाँडले भन्नुभाये, ‘काँग्रेसभित्र एक व्यक्ति एक पदको कुरा उठ्ने गरे पनि पूर्व सभापति सुशील कोइराला पार्टी सभापति, संसदीय दलको नेता र प्रधानमन्त्री बनेर संविधानको नेतृत्व गर्नु भयो । 

अब पनि शेरबहादुर देउवा नै संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्नु हुन्छ ।’

उहाँले राष्ट्रिय सहमतिको सरकार विना मुलुक अघि बढ्न नसक्ने दावी गर्दे सहमतिको सरकारकोलागि प्रधानमन्त्री केपी शर्मा ओलीले मार्ग प्रसस्त गर्नु पर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘यो सरकारमा काग्रेस कुनै पनि हालतमा जाँदैन ।’

खाँडले केपी शर्मा ओली नेतृत्वको सरकार अप्राकृतिक गठबन्धन र कमजोर जगमा बनेकोले यो आफ्नै अन्र्तंविरोध र बोझले ढल्ने दावी गर्दै भन्नुभयोे, ‘संविधान मान्ने, राजतन्त्र ब्यूताउने, संघीयता नस्विकार्ने दलहरुको अप्राकृतिक गठबन्धनले बनेको सरकारमा मेल खाँदैन । हाम्रो सरकार परिवर्तन गर्ने लक्ष्य छैन तर हामीले निर्णय गर्नु भन्दा अघि यो सरकार ढल्छ ।’

एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले राष्ट्र निर्माणका लागि सहमतिको सरकार आवश्यक रहेको भन्दै नेतृत्वको विषय महत्वपूर्ण नभएको बताउनुभयो ।

उहाँले संविधान कार्यान्वयनको विरुद्ध सरकार बनाउने ढाल्ने खेलमा एमाओवादी नलाग्ने भन्दै काँग्रेससहितको सरकार बन्दा संविधान 

कार्यान्वयन गर्न सजिलो हुन्छ भनेर आफूहरुले सहमतिको सरकारको कुरा गरेको बताउनुभयो ।
प्रवक्ता शर्माले भन्नुभयोे, ‘चुनौतिको संबोधन गर्न पनि सहमति आवश्यक छ । सहमतिपछि जसको नेतृत्व भए पनि आपत्ति छैन तर सरकार बनाउने र ढाल्ने खेलमा लागे प्राप्त उपलब्धि खोसिने अवस्था आउन सक्छ ।’

प्रधानमन्त्रीको चीन भ्रमण समाजवाद उन्मुख अर्थतन्त्रको विकास, सम्बन्ध सुदृढ बनाउने र राष्ट्रको हितलाई केन्द्रमा राखेर कुराकानी गर्ने भन्दै राष्ट्र हित विपरितका कुनै सन्धी सम्झौता नहुने स्पष्ट पार्नुभयो ।

शर्माले सबैको एजेण्डा संविधानको कार्यान्वयन भएकोले सहमतिकै आधारमा मुलुकमा विद्यमान मधेससहितका समस्या समाधान बार्ता र संवादबाट गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..