» » राजकिशोर भन्नुहुन्छ, विहेवारीमा बज्ने अश्लिल गीतहरु तत्काल बन्द गर्नुपर्छ

काठमाडौ चैत २ गते । मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष एवं पूर्व सञ्चार मन्त्री राजकिशोर यादवले विहेवारीमा वा पार्टीहरुमा बजाइने डीजे र अश्लील गीतले अपराधीकरणतिर डोर्याउने भएकाले त्यसलाई बन्द गर्न आह्वान गर्नुभएको छ ।

आज साँझ आफ्नो फेसबुक पेजमा उहाँले लेख्नु भएको छ, शान र मनोरञ्जनको लागि बिहेबारी वा पार्टिहरूमा बजाईने डीजे (ठुलो आबाज निकाल्ने मशीन) र अश्लील गीत ले फिजुल खर्च, वतावरण प्रदुषण मात्र होईन समाज लाई अपराधीकरण तिर डोर्याउदछ ।

ै उहाले समाजमा विभिन्न कोण र फरक फरक तरीकाले आक्रमण हुने गरेको उल्लेख गर्दै सधै बाहरी तत्व मात्र जिम्मेदार हुदैन। कहिले काही आफ्नै कारणले पनि हुने गरेको उल्लेख गर्नुभएको छ ।

अहिले विहेवारीमा डिजेको नाममा भोजपुरीका अश्लिल गीतले समाजको वतावरण विगार्नुको साथै विभिन्न विकृतिहरु बढ्दै गएको छ । विहे वा पाटीमा यस्ता गीतहरु घन्काउदा आफूलाई ठूलो मान्नेहरुका लागि पूर्व मन्त्री यादवको यो ठूलो सन्देश हो । साँच्चै यस्ता विकृतिहरुलाई रोक्न एकदमै आवश्यक छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..