» » मधेशमा सिँचाईका लागि सिँचाईमन्त्रीको यस्तो छ योजना

सप्तरी फागुन २६ गते । सिंचाई मन्त्रालयले सप्तरीका २ वटा ठुला नदी नियन्त्रण र ब्यवस्थापनका लागि काम सुरु गर्ने भएको छ । ‘जनताको तटवन्ध’ कार्यक्रम अन्तर्गत जिल्लाका महुली र खडग खोला नियन्त्रण र ब्यवस्थापनका लागि काम सुरु हुन लागेको हो ।

कार्यक्रम अन्तर्गत कुल साढे १० करोड रुपैया छुट्याईएको छ । जसमा सप्तरी लगायत सर्लाहिको वाँके, महोत्तरीको मराहा र वलुवा गरी ५ वटा नदि नियन्त्रणको योजना रहेको सिचाई मन्त्री उमेश कुमार यादवले जानकारी दिनुभएको छ ।

 मन्त्रालयको प्राविधिक टोली सहित कार्यक्रम संचालन हुने नदिको निरिक्षण गर्न सोमवार सप्तरी आईपुगेका मन्त्री यादवले नदि नियन्त्रणसँगै गाउँ वस्ती र खेतीयोग्य जमिनको संरक्षण गर्नु कार्यक्रमको प्रमुख उदेश्य रहेको उहाँले प्रतिक्रिया दिनु भएको छ ।

सप्तरीको वलान, मुहुली, खाँडो लगायतका प्रमुख नदिहरुको निरिक्षण गरेका यादवले यस वाहेक पनि जिल्लाका विभिन्न नदि नियन्त्रणका लागि मन्त्रालयले वजेट छुट्याई सकेको बताउनु भयो । उहाँका अनुसार भलुवाही नदि नियन्त्रणका लागि दुवै तर्फ आरसिसि वाध निर्माण गर्न ३ करोड तथा नदि नियन्त्रण कार्यक्रम अन्तर्गत मझौको घोडदह नदि नियन्त्रणमा ५० लाख, हरिहरपुरको आमसोत डुमरजोर नदि नियन्त्रणमा ४० लाख, विहुल नदि नियन्त्रणमा ५० लाख, जिता नदि नियन्त्रणमा ३० लाख र पौडाहा खोला नियन्त्रणमा ४० लाख रकम छुट्याईएको छ ।

मन्त्रालयले नदि नियन्त्रणलाई पनि सिंचाई ब्यवस्थापनसँगै जोडेर अगाडि वढाईरहेको मन्त्री यादवले बताउनुभयो । वैज्ञानिक कृषि प्रणाली मुलुकको विकासको एक मात्र विकल्प रहेको वताएका उहाँले बढ्दो वेरोजगारी समस्या हटाई युवाहरुलाई कृषि प्रणाली मार्फत देश विकासमा लगाउनु कार्यक्रमको प्रमुख उदेश्य रहेको यादवको भनाई छ ।

खेतीयोग्य जग्गा र गाउँनै धरापमा पारेर अनियन्त्रित वग्ने नदिको नियन्त्रण गरी गाउँ÷वस्ती र खेतीयोग्य जमिनको संरक्षण गर्ने र सोहि नदिको पानीले वाँझो जमिनमा सिंचाई गरी उत्पादन बढाउने योजना अनुरुप मन्त्रालयका कार्यक्रमहरु अघि बढिरहेको बताएका यादवले यस अतिरिक्त तराई मधेशमा लक्षित गरी विशेष कार्यक्रम पनि अघि वढाईएको जानकारी गराउनु भयो ।

खेती योग्य जमिनमा सिंचाईको पुर्ण सुविधा प्रदान गरी मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर वनाउने सरकारको महत्वाकांक्षि योजना अनुसार मन्त्रालयले ‘समृद्ध तराई मधेश सिचाई विकास विशेष कार्यक्रम’ र ‘तराई मधेश वाढी व्यवस्थापन तथा वस्ती संरक्षण विषेश कार्यक्रम’को सफल कार्यान्वय अघि वढाई सकेको बताउँदै उनले सप्तरीका हरेक निर्वाचन क्षेत्रवाट १–१ गाविस–नपा पर्ने गरी सप्तकोशी र शम्भुनाथ नगरपालिका तथा महदेवा, फर्सैठ, रामनगरकोदरकट्टी र सिम्राहा सिंग्यौन गाविसलाई पुर्ण सिचित क्षेत्र घोषणा गरि अन्य पुर्वाधार तयारीका काम समेत तिव्र रुपमा अघि वढाईएको उहाँले जानकारी गराउनु भयो ।

एक–एक गाविस÷नगरपालिका लाई नमुनाको रुपमा पुर्ण सिंचित क्षेत्र घोषणा गरी त्यसका मापदण्ड पुरा गर्ने तथा क्षेत्र विकास गरी निर्वाचन क्षेत्र जिल्ला र मुलुकलाई नै पुर्ण सिचित घोषणा गर्ने योजना अनुसार कार्यक्रम अघि वढिरहेको मन्त्री यादवले वताउनुभयो । ।

दुवै कार्यक्रमका लागि नियमित वजेट वाहेक वार्षिक क्रमशः १० अर्ब र ५ अर्व वजेट परिचालन हुनेछ ।

सोहि कार्यक्रम अन्तर्गत तराई मधेशका जिल्लाका प्रत्येक गाविसमा कम्तीमा ५ वटा डिप वोरिङ्ग, २ सय स्यालो ट्युवेल, १ गाउँ दुई पोखरी र कम्तीमा एउटा मझौला सिंचाई आयोजना राख्ने कार्यक्रम समेत समावेश गरिएको मन्त्री यादवले वताउनुभयो ।

निरिक्षण टोलीमा मन्त्री यादवसँगै राष्टूपति चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष विरेन्द्र यादव, जल उत्पन्न प्रकोप डिभिजन कार्यालय जनकपुरका प्रमुख रत्नेश्वरलाल कर्ण, लहान कार्यालयका प्रमुख रामनरेश मण्डल, कोशी पम्प चन्दनहर सिंचाई ब्यस्थापन कार्यालयका प्रमुख प्रसुन मिश्र लगायतको सहभागिता रहेको सप्तरी जागरणले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..