» » सिँचाई मन्त्रीले मनाउनु भयो पत्रकारसँग होली


काठमाडौ चैत १० गते । सिँचाई मन्त्री एवं एकीकृत नेकपा (माओवादी) का केन्द्रीय सदस्य उमेश कुमार यादवले राजधानीको विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुसँग होली मनाउनु भएको छ । मन्त्री यादवले बुधवार नेपाल कृषि पत्रकार प्रतिष्ठानमा एक कार्यक्रम आयोजना गरि एक अर्कालाई अविर लगाएर होली मनाउनु भयो ।

मन्त्री यादवले शुभकामना मन्तव्य दिँदै सद्भाव र स्नेह मिलनको हो, यसमा को पहाडी को मधेशी, को गरिब, को धनी छुट्याईदैन सबैलाई बराबर स्नेह गरि होली मनाउने गर्ने गरेको बताउनु भयो । यो होली नेपाली नेपालीबीच आत्मीयता बढाउने काम पनि गर्ने गरेको उल्लेख गर्दै उहाँले पत्रकारहरुले पनि होलीलाई विशेष महत्व दिएर मनाउनु पर्ने धारणा राख्नु भएको थियो ।

होलीले आत्मीयता बढाउँछ, उहाँले भन्नुभयो, जस्तो सुकै दुश्मनी भएपनि होलीमा एकअर्कासँग अँगालो हालेर दुख बिसाउने काम होलीमा हुने गरेको भन्दै होलीलाई मजाक पर्वको रुपमा पनि मनाउने गरेको बताउनु भयो । यो पर्वलाई असत्यमाथि सत्यको विजयको रुपमा पनि होली मनाउने भएकाले असल चिजलाई नष्ट गर्न खोज्ने आफै नष्ट हुने उहाँले बताउनुभयो ।

नदी संरक्षणमा जोड
पत्रकारहरुले राखेको एक जिज्ञासामा मन्त्री यादवले नदी संरक्षण गर्ने काम एउटा निकायले गर्ने र श्रोत साधनको उपयोग अर्कोले गर्ने नीतिका कारण संरक्षणमा समस्या भएको भन्दै नदी कसको भन्ने विषयमा स्पष्ट हुनुपर्ने बताउनु भयो । नदीमा स्थनीय निकायले टेण्टर लाउँने तर त्यहाँ कहाँबाट बालुवा गिटी झिक्ने नझिक्ने भन्ने काम गर्ने मान्छे सिँचाई मन्त्रालयमा छन्, बाँध भत्कियो भने बनाउने सिँचाई मन्त्रालयले तर गिटी बालुवा झिक्न अनुमति लिनुपर्ने जिविसबाट भन्नु हुँदै यसमा सुधार हुनुपर्ने बताउनु भयो ।

मन्त्री यादवले जलश्रोतको उपयोग, जलको संरक्षका सन्दर्भमा नदीको अधिकारका सन्दर्भमा एउटै मन्त्रालयले हेर्ने गरी व्यवस्था गरिनुपर्ने बताउनु भयो । नदीको संरक्षण सन्दर्भमा एकीकृत योजना अहिलेसम्म नभएको भन्दै उहाँले एकीकृत योजना जरुरी रहेको बताउनुभयो । जल सम्बन्धी दीर्घकालीन रणनीति कार्यनीति योजना र नदीको अधिकारको सन्दर्भमा सल्लाह सुझाव दिन उहाँले आग्रह गर्नुभयो । एकीकृत रणनीति नहुँदा २०५० सालमा बाग्मतिको बाढीले बगाएको कुलो बनाउने विषयमा अहिले वन मन्त्रालयका कारण रोकिएको उहाँले बताउनु भयो । अहिले चुरे अतिक्रमका कारण पानीका मुहान सुकेको तर एकीकृत योजना नहुँदा त्यसलाई रोक्न नसकिएको उहाँले बताउनु भयो ।
विकास ढिला

उहाँले नेपालको विकास कार्य ढिलो भएको प्रति उहाँले चिन्ता व्यक्त गर्दै यो गतिको विकासले देश निर्माण नहुने बताउनु भयो । नेपालको नीति नियम नै अल्झाउने खालको भएकाले छिटो छरितो काम गर्नका लागि नीति नियमलाई सरल बनाउनु पर्ने कुरामा जोड दिनुभयो ।

सिहदरवारमै एक मन्त्रालयबाट अर्को मन्त्रालयमा कुनै चिठी पुग्न सात दिन लगाई दिन्छ भने कुनै एउटा चिठी, पत्र हुम्ला, जुम्ला पुग्न कति समय लाग्दो होला भन्दै टिप्पणी गर्नुभयो । यहाँ कार्यको कमी छैन, जहाँ गर्यो त्यही काम तर गतिशिल तरिकाबाट नहुने भएकाले विकास कार्य ठप्प हुँदै गएको बताउनु भयो ।

आफूले सिचाईयुक्त जिल्ला घोषणा गर्ने कार्यको थालनी भएको उहाँले बताउनुभयो । त्यसको शुरुवात धनुषाको चक्करबाट शुरु भएको पनि उहाँले बताउनु भयो । खोप मुक्त जिल्ला, दिसामुक्त जिल्ला घोषणा गर्न हुने तर सिँचाईयुक्त जिल्ला घोषणा गर्न किन नमिल्ने भनेर नै आफू यो कार्यमा लागेको बताउनु भयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..