» » सरकार र मधेशी मोर्चाबीच दुई विषयमा सहमति !

काठमाडौ फागुन २८ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारबीच भएको वार्तामा आन्दोलनकारीमाथि लागेको मुद्दा फिर्ता लिने र घाइतेलाई निशुल्क उपचार गराउने सहमति भएको छ ।

आज राती ९ः३० सम्म प्रधानमन्त्री निवास बालुवाटारमा दुई पक्षबीच भएको छलफलमा मधेश आन्दोलनमा भएको घाइतेलाई निशुल्क उपचारका लागि मन्त्रीपरिषद्बाट पास गराउने र आन्दोलनकारीमाथि लागेको मुद्दा फिर्ता सम्बन्धमा पनि छानविन गरि फिर्ता लिने सहमति भएको मोर्चाका एकघटक राष्ट्रिय मधेश समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी गराउनुभयो ।

मधेशी मोर्चाले आजै विहान ९ बजे बुझाएको ध्यानकर्षणपत्रपछि प्रधानमन्त्रीले साँझ मोर्चाका नेताहरुसँग छलफल गर्नुभएको छ । छलफलमा मधेशी मोर्चाले हालसम्म घाइतेहरुका लागि गरेको खर्चको विवरण पेस गरेको थियो । त्यसमा सरकारले ३१ लाखको विवरण सरकारले देखाएको थियो भने मधेशी मोर्चाको तर्फबाट ४४ लाखको खर्च भएको विवरण पेस गरेको थियो ।

दुई पक्षबाट फरक फरक विवरण आएपछि प्रधानमन्त्री ओलीले आन्दोलनको क्रममा हिसाब तलमाथि हुन्छ नै सबै कुराको बिल हुँदैन, एम्बुलेन्स प्रयोग हुन्छ, कुरुवामा खर्च हुन्छ, खानपिनलगायतमा खर्च हुन्छ त्यसैले जेजति खर्च भएको त्यसको बारेमा मन्त्रीपरिषद्मा लगेर छलफल गरि पास गराउने प्रतिवद्धता जनाएको नेता झाले बताउनु भयो ।

आन्दोलनकारीको मुद्दा लिने विषयमा छानविन तथा थप अध्ययन गर्ने जिम्मेवारी मोर्चाको तर्फबाट सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण र सरकारको तर्फबाट अग्नी खरेललाई जिम्मेवारी दिएको छ । उहाँहरुले आन्दोलनकारीमाथि लागेको मुद्दाको बारेमा अध्ययन गरि वार्तामा पेस गरि पुनः त्यसमाथि छलफल गरि टुगों लगाउने सहमति भएको छ ।

यी दुई विषयमा टुगों लागि सकेपछि अन्य राजनीतिक विषयमा छलफल गर्ने सहमति भएको नेता झाले बैठकपछि जानकारी गराउनुभयो । आज विहान ध्यानाकर्षण पत्र बुझाउँदै यी मागहरु पूरा नभए चैत्रमसान्तपछि कडा आन्दोलनमा जाने चेतावनी दिएका थिए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..