» » चित्रलेखा रोज्ने कि सिताः फैसला तपाइकै हातमा


काठमाडौ फागुन २२ गते । राजधानीको सभागृहमा नेपाल काँग्रेसको १३ औं महाधिवेशन चलिरहँदा मधेशका खास गरि जिल्लाकै दुई महिलाको चर्चा शुरु भएको छ । एक त यी दुई महिला कोर मधेश सिरहाका त्यसमा पनि यादव समुदयबाटै भएका कारणले चर्चाको विषय बनेको छ ।

दुईटै महिला नेपाली काँग्रेसमै हुनुहुन्छ तर विचार, समूह, खेमा र क्रियाशिलताले लाग्छ यी दुइ अलग अलग पार्टीका हुन् । एक जना महिला संस्थापन पक्ष (रामचन्द्र प्यानल) बाट र अर्को देउवा पक्षबाट (देउवा प्यानल) कोषाध्यक्षको उम्मेदवारी दिनु भएको छ ।

यसरी चर्चामा रहेका कोषाध्यक्षका दुई उम्मेदवार हुनुहुन्छ, चित्रलेखा यादव र सितादेवी यादव । चित्रलेखा यादव शेरवहादुर देउवा प्यानलबाट कोषाध्यक्षको उम्मेदवारी दिनु भएको छ भने सितादेवी यादव रामचन्द्र पौडेल प्यानलबाट कोषध्यक्षमै उम्मेदवारी दिनुभएको छ ।

यसअघि पनि देउवाको पक्षबाट स्व. सुशिल कोइरालाको कार्यकालमा कोषाध्यक्ष बनिसकेकी चित्रलेखा यादव पुनः कोषाध्यक्षमै उम्मेदवारी दिएपछि चित्रलेखा यादवको राजनीतिक चाहना र उद्देश्य प्रष्ट भएको छ । ४० प्रतिशत भागको राजनीतिक गरिरहेका शेरवहादुर देउवाको पक्षमा लागेर उहाँ राजनीतिक होइन अवसर मात्र लिइरहेको गुनासो राजनीतिकवृतमा मात्र होइन, राष्ट्रयसभाको प्राङ्गनमा पनि सुन्न पाइन्छ ।

मधेशी महिला त्यो पनि यादव समुदायबाट भएका कारणले शेरवहादुर देउवाले पनि चित्रलेखा यादवलाई आफ्नो गुटमा  राम्रो ठाउँ दिनुभएको छ तर यो महाधिवेशनमा चित्रलेखा यादवको तर्फबाट देउवालाई एउटा पनि भोट नआउने देखेपछि देउवाले पुर्पुरोमा हात लिएर बस्न बाध्य भएका छन् ।

चित्रलेखा यादव सिरहा क्षेत्र नं. २ बाट राजनीतिक गरेपनि त्यहाँ जनताबाट धेरै टाढा हुनुहुन्छ । सिरहाका एक नेताले भन्नुभयो, नयाँ जेनरेशनका नेता तथा कार्यकर्ताहरुले त चित्रलेखा यादव को हो कहाँको नेता हो भन्ने चिन्न पनि छाडेका छन् ।’ त्यसको कारण हो उहाँ जिल्लाका नेता तथा कार्यकर्तासँग कहिले पनि सम्पर्क रहनु भएन । उहाँ जहिले पनि केन्द्रमै बसेर लाभहानीको राजनीतिक गरिरहनु भयो ।

केन्द्रमा भएपनि उहाँको अधिकाँश समय विदेशमै वित्ने गरेको आरोप पनि छ । झन मन्त्री भएपछि त उहाँले विदेश घुम्नेमा रेकर्ड नै कायम गरेको कुरा सञ्चारमाध्यममा पनि आइसकेको छ । त्यस कारणले यसपाली उहाँलाई कोषाध्यक्षमा जिताउने या नजिताउने काँग्रेसका नेताहरु सोच्न बाध्य भएका छन् । उहाँ पछिल्लो समय शिक्षा मन्त्री भएपछि पार्टीका कार्यकर्ता भन्दा पनि अन्य बाहिर बाहिरका व्यक्तिको काम मात्र गरेको आरोप नेता तथा कार्यकर्ताले लगाउँदै आएको छ ।

 त्यसले गर्दा पनि काँग्रेस पार्टीका धेरै नेता चित्रलेखा यादवप्रति रुष्ट देखिएको छ । पर्साका एक नेताले भन्नुभयो, चित्रालाई देखाउने बेला यही हो । उहाँ मन्त्री हुँदा त एक दिन अनुहारसमेत हेर्न पाएको थिएन । जहिले पनि विदेशकै विदेश । त्यस्ता नेतालाई भोट दिएर के गर्नु । जुन नेतासँग भेट्न मुस्किल छ त्यस्तालाई नेता बनाएर के गर्नु ।’

विद्यार्थीकालमा त्रिभुवन विश्व विद्यालयमा नेवि संघको तर्फबाट स्ववियुमा कोषाध्यक्ष हुनु भएको चित्रलेखा यादव एकैपटक २०५२ सालमा सिरहा क्षेत्र नम्बर २ बाट संसदीय चुनावमा भाग लिनु भएको थियो । तर उहाँ पराजित हुनुभयो ।

 त्यसपछि २०५६ मा भएका आम निर्वाचनमा भाग लिएपछि उहाँ जित्नु भएको थियो । त्यसयता हालसम्म जित्नु भएको छैन । २०६४ सालको सविधानसभा चुनावमा पाराजित भएपछि दोस्रो सविधानसभा चुनावमा उम्मेदवारी दिनेसम्म आँट गर्नुभएन । कारण थियो, उहाँकै क्षेत्रका जनता उहाँलाई रुचाइ रहेका थिएन । उहाँको जिल्लाको राजनीतिक निकै कमजोर छ । केन्द्रमा पनि उहाँको राजनीतिक शेरवहादुर देउवासम्म मात्र सिमित रहेको छ ।

बरु, काँग्रेसकै महिलालाई जिताउनु पर्यो भने चित्रलेखा भन्दा पनि सिता यादवलाई जिताउँदा राम्रो । छोटो समयमा उहाँले पार्टीमा दिएको योगदान दिनु भएको छ । नेपाली काँग्रेसकै सिरहा सभापति रहकै बेला उहाँका श्रीमान चन्द्रनारायण यादवको हत्या भएको थियो । चन्द्रनारायण यादवको हत्या माओवादीले गरेको दावी सितादेवी यादवको रहेको छ ।

२०५७ सालमा श्रीमान चन्द्रनारायण यादवको हत्या भएपछि सिता देव यादव राजनीतिकमा सक्रिय हुनुभयो । त्यो बेलादेखि हालसम्म सक्रिय रहनु भएको छ । ६० वर्षीय वृद्ध सिता देवी यादवको योगदानको तुलना चित्रलेखा यादवसँग गर्नै सक्दैन । सिता देवी यादव २०५८ सालदेखि हालसम्म सिरहा जिल्लाको सभापति हुनुहुन्छ । एकपटक त निविरोध नै सभापति हुनुभयो भने दुईपटक चुनाव नै जित्नु भएको छ । जब चित्रलेखा यादवलाई आफ्नो वाडमा जित्न पनि मुश्लिक छ । जिल्लामा जित्न त धेरै टाढाको कुरा । काँग्रेस पार्टीमा सितादेवी यादव एक्लो महिला जिल्ला सभापति हुन् ।

उहाँ त अहिले सभासद् हुनुहुन्छ, उहाँ सभासद् नहुँदा पनि कुनै संसदभन्दा कम विकास गर्नुभएको छैन आफ्नो क्षेत्रमा । उहाँ क्षेत्र नं ३ बाट राजनीतिक गर्नुहुन्छ । चन्द्रनारायण यादव ट्रष्टमार्फत उहाँले थुप्रै कामहरु गर्नुभएको छ ।

२०६४ सालमा अन्तरिम संसद गठन हुँदा तत्कालिन पार्टी सभापति स्व.गिरीजा प्रसाद कोइरालाले उनलाई अन्तरिम संसदको रुपमा मनोनित गर्नुभएको थियो । त्यसपछि भएको सविधानसभाको चुनावमा उहाँ सिरहा जिल्लाको निर्वाचन क्षेत्र नं. ३ बाट सभासदमा चुनाव लड्नु भएको थियो । तर उहाँ पराजित हुनुभयो । त्यतिबेला मधेश आन्दोलन भएका कारणले मधेशी जनअधिकार फोरम नेपालका नेता विजय यादव चुनाव जित्नु भएको थियो ।

२०७० सालमा भएको दोस्रो सविधानसभामा उनी ११ हजार एकसय पचास मत ल्याएर विजय हुनुभयो जुनबेला चित्रलेखा यादवले उम्मेदवारी दिन पनि आँट गर्नुभएको थिएन । नयाँ सविधान घोषणा हुने दिन आन्दोलनरत मधेशी मोर्चाका नेता तथा कार्यकर्ताले सिरहास्थित उहाँको घरमा आगजानी गरेको थियो । सविधान घोषणा भएको दिन काँग्रेसका नेताहरु दिपावली मनाई रहँदा सिता देवीको घरबाट कालो धुँवा निस्कि रहेको थियो भने सिता देवीको आँखामा आँसु थियो । ६० वर्षीया सितादेवी यादवको पार्टीमा सक्रियता र लगनशिलतालाई मध्यनजर गर्दै संस्थापन पक्षले उहाँलाई कोषाध्यक्ष पद उम्मेदवार बनाएको उहाँका छोरा डा.सुभाष यादवले बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..