» » मिथिला परिक्रमा कञ्चनवनमा


महोत्तरी, चैत २ गते । पन्ध्रदिने मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत आज आठाँै दिन परिक्रमा यात्री कञ्चनवन आइपुगेका छन् ।
सोमबार राति महोत्तरीकै धुव्रकुण्डमा बिताएका यात्रीलाई आज बिहान कञ्चनवन आइपुगेका छन् ।

आज कञ्चनवनका क्लबका पदाधिकारी, विभिन्न सङ्घसंस्थालगायत स्थानीयवासीले स्वागत गरेका थिए ।

यहाँ आएका परिक्रमा यात्रीले आज दिउँसो एकापसमा रङ, अबिर दली फागु खेल्ने परम्परा छ ।

मिथिला माध्यमिकी परिक्रमाका यात्री कञ्चनवनमा पुगी एकापसमा फागु खेलेपछि मिथिलाञ्चलमा औपचारिक रुपमा फागु पर्व सुरु भएको मान्यता छ ।

जनकपुर नगरपालिका–१२ स्थित हनुमान नगरबाट प्रारम्भ भएको परिक्रमा आज राति महोत्तरीमा अन्तिम बसाइ गरी बुधबार बिहानै धनुषा, पर्वताका लागि प्रस्थान गर्नेछन् ।

नेपाल र भारतका १३३ किमी लामो मिथिला परिक्रमा यात्रामा हजाराँै श्रद्धालु सहभागी भएको मिथिला विहारी डोलाका मुख्य पुजारी रामबहादुर पाठकले जानकारी दिनुभयो ।

हरेक वर्ष हुने परिक्रमनमा भक्तजनले १५ दिनमा नेपालको १०५ र भारतको २८ किमीको दूरी पैदल यात्रा तय गर्छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..