» » सक्यो मदारबाबा मेला


नवलपरासी, फागुन २५ गते । नवलपरासीमा मुस्लिम र हिन्दू समुदायको आस्थाको केन्द्र वनेको मदारबाबा धार्मिक मेला सकिएको छ । गत फागुन १५ गतेदेखि जारी धार्मिक मेला आजबाट सकिएको हो ।

मदारबाबा धार्मिक मेलामा यस वर्ष नेपाल र भारतका गरी करिब १५ लाख दर्शनार्थी आएको आयोजकले दाबी गरेका छन् जसमध्ये नेपालको तुलनामा ९० प्रतिशत बढी भारतीय दर्शनार्थी आएका थिए ।

मदारबाबाको मुख्यस्थल कुडिया रुपौलियाको महलबारी बजारबाट करिब नौ किमी पहाडी क्षेत्रतर्फ दुम्किबास डाँडामा रहेको छ । मेलामा आउने श्रद्धालुले बाबाको मुख्यस्थल पुगेमा आफ्नो मनोकामना पूरा हुने धार्मिक विस्वास छ ।

पहाडी सडकखण्डमा करिब पाँच घन्टाको पैदल यात्रापछि निकै कठिन परिश्रमबाट मात्र मदारबाबाको मुख्यस्थल पुग्न सकिन्छ ।

करिब एक सय वर्षअघिदेखि मेला निरन्तर लाग्दै आएको छ । मुस्लिम समुदायको नेपालकै पहिलो र पुरानो ऐतिहासिक मदारबाबाको धार्मिकस्थल अहिले देशविदेशमा पनि प्रसिद्ध रहेको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..