» » नेपाली सेनाले दिए सेना परिचालनको चेतावनी

काठमाडौ, फागुन २३ गते । नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षत्रीले सेना परिचालन गर्ने धम्की दिनुभएको छ । आज जंगी अड्डामा पृतनापति समन्वायात्मक बैठक २०७२ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्यस्तो चेतावनी दिनु भएको छ ।

उहाँल देश टुक्राउने तथा राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई खतरा पु¥याउने प्रवृत्तिका सुरक्षा चुनौतीहरु श्रृजना भएमा नेपाली सेना परिचालन हुने चेतावनी दिनुभएको छ । उहाँले भन्नुभयो, देश नै टुक्राउने खालका तथा राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई खतरा पु¥याउने प्रवृत्तिका सुरक्षा चुनौतीहरु श्रृजना भएमा नेपाल सरकारको निर्देशानुसार विधिसम्मत् तरिकाले नेपाली सेना स्वतः परिचालन हुनेछ ।

सुरक्षा कारवाही राजनीतिक प्रक्रियालाई सहज बनाउन उपयुक्त वातावरण श्रृजना गरी दिने माध्यम भएकाले सुरक्षा चुनौतीको दिगो समाधान राजनीतिक रुपमा गरिनुपर्ने बताउँदै उहाँले अबका दिनमा राष्ट्र र जनता दुवैलाई राष्ट्रिय सुरक्षाका सन्दर्भमा केन्द्रबिन्दुका रुपमा लिई नीति निर्माण गर्नुपर्ने अवस्था श्रृजना भएको बताउँनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..