» » प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी बारे मोर्चाको बैठक


काठमाडौ, फागुन २७ –प्रधानमन्त्री केपी शर्मा ओलीलाई अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाउने बारे संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक बसिरहेको छ । 

आन्दोलनको स्वरुप परिवर्तन गरेर खुकुलो परेपनि सरकारले मधेशको मुद्दाप्रति कुनै वास्ता नगरेको भन्दै मधेशी मोर्चा आन्दोलनमा जानुअघि प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउन लागेको हो ।
तमलोपा कार्यालयमा जारी बैठकमा ज्ञापनपत्रको बारेमा छलफल भइरहेको राष्ट्रिय मधेश समाजवादीका प्रवक्ता केशव झाले जानकारी गराउनुभयो ।

फागुन २४ गते मधेशी मोर्चाको सचिवालयको बैठक बसि ज्ञापनपत्रको ड्राफ तयार गरेका छन् र आज शीर्षस्थ नेताको बैठकले अन्तिम रुप दिने झाले बताउनुभयो । आन्दोलनमा राज्यको तर्फबाट भएको दमनबारे छानविन गर्न उच्च स्तरीय छानविन आयोग बनाउनुपर्ने, आन्दोलनमा मृत्यू भएकालाई सहिद घोषणा गर्नुपर्ने, घाइतेलाई निशुल्कको उपचार गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुलगायत मधेशी मोर्चाले शुरुदेखि उठाउँदै आएको ११ बुँदे माग पूरा हुनुपर्ने लगायतका माग ज्ञापनपत्रमा उल्लेख गरिएको बताइएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..