» » राजेन्द्र महतोले दिनुभयो आन्दोलन चर्किने चेतावनी

रौतहट, फागुन २९ गते । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी मोर्चाले बुझाएको ११ बुँदे मागलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभएको छ ।

आज सदरमुकाम गौरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले मोर्चाको मागलाई सरकारले चैत मसान्तसम्म पूरा नगरे आन्दोलन चर्किने बताउनुभयो ।

उहाँले सरकारलाई हालैमात्र मोर्चाले बुझाएको स्वेतपत्र सम्बोधन हुने पनि बताउनुभयो ।

उहाँले आन्दोलन कमजोर भयो, तुहियो र औचित्य सकियो भन्नु निरर्थक रहेको दाबी गर्दै मोर्चाको तर्फबाट आन्दोलनको स्वरुप परिवर्तनमात्र भएको बताउनुभयो । उहाँले भन्नुभयो – हामी शक्ति सञ्चय र पार्टीका सङ्गठनलाई बलियो बनाउन लागिपरेका छौँ । यसलाई कमजोरीका रुपमा कसैले नठान्न आग्रह गर्दछौँ ।”

रौतहटमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मोर्चाले चलाएको आन्दोलनले जनतालाई बढी दुःख भएको बुझेर केही समयका लागि आन्दोलनको स्वरुप परिवर्तन गरेको पनि दाबी गर्नुभयो ।

बिजय कुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पर्टी परित्याग गरी अजय गुप्ताको नेतृत्वमा दर्जनौ कार्यकर्ता सदभावना पार्टीमा प्रवेश गरेका छन् । बिगतको संबिधान सभामा रौतहट क्षेत्र नं १ मा  माधव कुमार नेपालद्वारा झिनो मतले पराजित भएका अजय गुप्ता पार्टी अध्यक्ष गच्छदारको गतिविधिका कारण असन्तुष्ट भएर पार्टी परित्याग गर्नुभएको हो । पार्टीको बहुमत केन्द्रीय सदस्य तथा जिल्ला कमिटिहरुले गच्छदारलाई सरकारमा नजान पटक पटक आग्रह गरेपनि जवर्जस्ती गएको आरोप लगाउँदै गुप्ता सद्भावना पार्टीमा प्रवेश गर्नुभएको हो ।

 उक्त कार्यक्रममा काँग्रेस, एमाले, एमाओवादी लगायतको पार्टीबाट पनि  नेता कार्यकर्ता पनि सदभावना पार्टीमा प्रवेश गरेका थिए ।

पार्टी प्रवेश गर्नेहरूलाई सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष राजेन्द्र महतोले फुलमाला का साथै अबिर लगाएर स्वागत गर्नुभएको थियो ।

कार्यक्रम सदभावना पार्टी रौतहट जिल्ला अध्यक्ष शेख़ जमशेदको अध्यक्षतामा भएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..