» » महन्थ ठाकुरदेखि मिनेन्द्र रिजालसम्म दिल्ली जाँदै

काठमाडौ फागुन २३ गते । नेपाल भारत महिला मैत्री समाजले चैत्र १ गते दिल्लीमा गर्न लागेको कार्यक्रममा नेपालबाट तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो जाने भएका छन् ।

त्यस्तै सोही कार्यक्रममा नेपाल सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, एमालेका शंकर पोखरेल, नेपाल शक्ति अभियानका खिमलाल देवकोटा, नागरिक समाजका तर्फबाट दमननाथ ढुगांना र विजयकान्त कर्ण पनि जाने भएका छन् ।

नेपाल भारत महिला मैत्री समाजको आयोजनामा नेपाल भारत मैत्री सम्बन्ध अवसर और चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा भाग लिन उहाँहरु जाने भएका छन् । कार्यक्रममा भारतका नेताहरु पनि रहनु हुनेछ तर हालसम्म ती नेताहरुको सुनिश्चित नभएको समाजका अध्यक्ष चन्दा चौधरीले बताउनु भयो । कार्यक्रममा भारतीय नेताहरु को को सहभागि हुने कुरा १० तारेखको कन्फर्म हुने बताइएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..