» » इन्धनको मूल्यमा भारी गिरावट,यतायात भाडा घट्यो

काठमाडौं, माघ २५ गते  । यातायात व्यावस्था विभागले आइतबार देखि लागु हुनेगरी सार्वजानिक सवारीसाधनको भाडा घटाएको छ । नयाँ भाडादर प्रतिशतका घटेको देखिए पनि रुपैयाँमा भने पुरानै मुल्य हुन आएको छ ।

विभागले याुत्रबहकमा २.५३ , मालवहाकमा तराइमा ३.७६ र पहाडमा ३.२८ तथा ट्याक्सीमा १।६५ प्रतिशत घटाएको छ । नयाँ भाडादरअनुसार स्थानीय रुट वा उपत्यकाका रुटमा न्यूनतम १३ रुपैयाँ र अधिकतम २४ रुपैयाँ कायम भएको छ । स्थानीय रुटमा यसअघि न्यूनतम भाडा १३।४९ रुपैयाँ थियो भने अब १३।०७ रुपैयाँ हुनेछ । २५ किलोमिटरसम्म हुने स्थानीय रुटमा अधिकतम २५ रुपैयाँ रहेकोमा अब २४ रुपैयाँ कायम भएको छ । ट्याक्सी भाडा यसअघि प्रतिकिलोमिटर ३६ रुपैयाँ रहेकोमा अब घटेर ३५ रुपैयाँ भएको छ ।
लामो दूरीमा भने पूर्वको काँकडभिट्टादेखि सुदूरपश्चिमको महेन्द्रनगरसम्म ९ सय २२ किलोमिटरमा सबभन्दा बढी ४१ रुपैयाँ कायम भएको छ । काँकडभिट्टादेखि महेन्द्रनगरसम्मको भाडा १६ सय ६ रुपैयाँ रहेकोमा नयाँ भाडादर १५ सय ६५ रुपैयाँ कायम भएको छ ।
विभागले भाडा घटाउन गरेको प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार स्वीकृत गरेपछि सार्वजनिक सवारीसाधनको भाडा घटेको विभागका इन्जिनियर मोहन भट्टराईले जानकारी दिए । उनले भने, ‘नयाँ भाडादर आइतबारबाटै लागू भएको छ ।’
विभागका अनुसार यसपटक वैज्ञानिक पद्धतिअनुसार इन्धनलाई मात्र आधार मानेर नयाँ भाडा समायोजन गरिएको हो । नेपाल आयल निगमले माघ ४ मा पेट्रोल प्रतिलिटर ५ रुपैयाँ, डिजेल र मट्टितेल ६र६ रुपैयाँ घटाएको थियो । त्योसँगै पेट्रोल ९९ तथा डिजेल र मट्टितेल ७५ रुपैयाँ पुगेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..