» » महतोलाई कारवाहीसँगै नाकाबन्दी फिर्ता


काठमाडौ माघ २५ गते । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आज औपचारिक रुपमा नाकाबन्दी र आमहडताल फिर्ता लिएको छ । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको निवासमा आज विहान बसेको मोर्चाको बैठकले पाँच महिनाभन्दा बढी समयदेखि जारी आन्दोलनको समिक्षा गर्दै नाकाबन्दी र आमहड्ताल फिर्ता लिएको हो ।

बैठकपछि विज्ञप्ति जारी गरी वर्तमान अवस्थामा मुलुकका समस्या, जनताका आवश्यकता र जनताद्धारा प्राप्त सुझावहरुलाई ध्यानमा राख्दै जारी रहेको आन्दोलनका घोषित कार्यक्रमहरु मध्ये आम हड्ताल, नाका अवरोध र सरकारी कार्यालय बन्दलाई मात्र तत्कालका लागि स्थगित गरिएको जानकारी गराएको छ ।

मधेशी मोर्चाले विभिन्न माग राख्दै भदौं १ गतेदेखि अनिश्चितकालका लागि मधेश बन्द तथा आमहड्ताल र असोज ७ गतेदेखि नाकाबन्दीको घोषणा गरेको थियो । नाकाबन्दीलगायत आन्दोलनका अन्य कार्यक्रम फिर्ता लिनका लागि सरकारले मधेशी मोर्चालाई पटक पटक आग्रह थियो । त्यसका लागि मधेशी मोर्चा र सरकारबीच २५ भन्दा बढी पटक वार्ता भएको छ । तर, मधेशी मोर्चाले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन फिर्ता नलिने अडानमा थिए ।

भारतको विहार भ्रमणबाट फर्केपछि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नाकाबन्दी खोल्ने कुरा विराटनगरबाट घोषणा गर्नुभएको थियो । माघ २१ गते विराटनगरमा पार्टीले आयोजना गरेको एक कार्यक्रममा महतोले अन्य नाका खुल्ला भएपछि वीरगञ्ज नाका बन्द राख्नुको औचित्य नभएको भन्दै पर्साको नाका पनि खोल्ने घोषणा गरेलगत्तै भोलीपल्टदेखि नाका सुचारु भएको थियो ।

मोर्चाको तीन जनाको मात्र हस्ताक्षर रहेको विज्ञप्ति जारी भएपछि सद्भावना पार्टीले त्यसको विरोध गरेको छ । विज्ञप्तिमा अध्यक्ष महतोको नाम भएपनि हस्ताक्षर छैन । यस विषयमा सो पार्टीका महासचिव मनिष सुमनलाई सम्पर्क गर्दा उहाँले फर्जि ढंगबाट विज्ञप्ति जारी गरेको हो यसप्रति आफूहरुको आपत्ति रहेको प्रतिकृया दिनुभयो ।

तमलोपाका अध्यक्ष महन्थ ठाकुरको निवासमा विहान साढे ८ बजेदेखि साढे १० बजेसम्म बसेको बैठकमा त्यस्तो कुनै प्रकारको निर्णय नभएको दावी गर्नुभयो । मोर्चाका तीन जना नेता खास गरि उपेन्द्र यादवको गैरजिम्मेवार कार्य भएको आरोप लगाउनु भयो ।

तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले अध्यक्ष महतोको पछिल्लो गतिविधि शंकास्पद रहेको आरोप लगाउनु भयो । महतोलाई लिखित रुपमा माफी माग्न आग्रह बताउँदै उहाँले विराटनगरमा नाकाबन्दी खोलेको अभिव्यक्ति दिने वित्तिकै काठमाडौ आएर प्रधानमन्त्री केपी शर्मा ओली र एमाआवादीका अध्यक्ष प्रचण्डसँग भेट्नुलाई मधेशी मोर्चाले उहाँलाई शंकाको घेरामा राखेको बताउनुभयो ।

 मोर्चाको बैठक तथा वार्तामा बोलाउँदा काठमाडौ आउन नचाहने अध्यक्ष महतो ओली र प्रचण्डले फोन गरि बोलाउँदैमा आएकाले उहाँको गतिविधि शंकास्पद देखिएको पनि आरोप लगाउनु भयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..