» » पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधन

काठमाडौं, माघ, २६ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको गए राती १२.५० बजे निधन भएको छ । 

संविधानसभाबाट नेपालको संविधान जारी गर्न सफल कोइराला लामो समयदेखि जिब्रो र छातीको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । 


उहाँ सोमबार काठमाडौं कांग्रेसको जिल्ला अधिवेशन उद्घाटन गर्न आउने कार्यक्रम भए पनि पछि आउन सक्नु भएको थिएन । उहाँले पछिल्लो पटक प्रधानमन्त्रीबाट राजीनामा दिएपछि संयुक्त राज्य अमेरिकामा नियमित स्वास्थ्य परीक्षण गरी फर्कनुभएको थियो । 

अमेरिकाको न्यूयोर्क्स्थित मेमोरिएल स्लोन केटरिङ क्यान्सर सेन्टरमा उनको छाती, जिब्रो र घाँटीको एक्सरेसहित अन्य परीक्षण गरिएको थियो । उहाँका स्वकीय सचिव अतुल कोइरालाले सभापति कोइरालाको निधन भएको पुष्टि गर्नुभएको छ । 


को हुन कोइराला ?
कोइराला व्यवस्थापिका संसद्बाट २०७० माघ २७ गते प्रधानमन्त्रीमा निर्वा्चित हुनुभई २०७२ असोज २३ गतेसम्म नेपालको प्रधानमन्त्री हुनुभएको थियो । कोइरालाको जन्म पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा सन् १९३९ मा विराटनगरमा भएको जन्मनु भएको थियो । 


सुशील अविवाहित हुनुहुन्थ्यो र प्रधानमन्त्री भएपछि सम्पत्ति विवरण मोबाइल मात्रै भएको विवरण दिएर संसारकै गरिब प्रधानमन्त्रीमा चर्चा आउनुभएको थियो । पिता वन अधिकृत बोधप्रसाद जागीरका सिलसिलामा बाँके जिल्ला, नेपालगञ्ज पुग्नु भएको र त्यसपछि कोइराला परिवारको बसोबास नेपालगञ्जमै भएको हो ।


उहाँ विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई २०१० सालदेखि राजनीतिमा सक्रिय रहँदै आउनुभएको थियो । वि. सं २०१७ मा प्रजातन्त्रको अपहरणपछि उहाँ १६ वर्षसम्म भारतमा  प्रवासमा रहँदा उहाँले नेपाली कांग्रेसको मुखपत्रतरुणको सम्पादन गर्नुभएको थियो । नेपाल र भारतमा गरी करिब पाँच वर्ष राजनैतिक बन्दीजीवन बिताउनु भएका कोइरालाले वि.सं २०३६ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बन्नु भएको थियो । 


उहाँले २०३६ सालको जनमत सङ्ग्रहमा बहुदलीय प्रजातन्त्रका पक्षमा अभियान चलाउनाका साथै २०४२ सालको सत्याग्रह र २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा सक्रियरूपमा लाग्नुभएको थियो । 
बीपी कोइरालाको निधनपछि नेता गिरिजाप्रसाद कोइरालासँग सोसलिस्ट इन्टरनेसनलसँग पार्टीको सम्बन्ध विस्तार गर्न युरोप र अमेरिका भ्रमण गर्नुभएका कोइरालाले समाजवादी नेता बिली ब्रान्ट, ब्रुनो कास्की तथा अन्य युरोपेली र अमेरिकी नेतासँग समाजवादी आन्दोलन सम्बन्धमा छलफल गर्ने अवसर पाउनुभएको थियो । 


कोइराला पार्टीमा लामो समयसम्म केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र कार्यवाहक सभापति भएर काम गरेका छन् । पार्टीको एघारौँ महाधिवेशनपछि उहाँले पार्टीको कार्यवाहक सभापतिका हैसियतले काम सरकारी लाभको पदमा नहरनुभएका कोइराला सन्त राजनीतिक नेताका रूपमा पनि परिचित हुनुहुन्थ्यो । 


उहाँलेले स्वदेश र प्रवासमा नेपाली काङ्ग्रेसका नेता बिपी र गिरिजा निकट रहेर नेपाली प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिनुभएको थियो ।  उहाँले २०४६ सालपछि पार्टीको परराष्ट्रसम्बन्ध विभागका प्रमुख भई काम गर्नुका साथै पार्टी सङ्गठनमा विशेष चासो लिने सुशील तत्कालीन प्रतिनिधिसभा चुनावमा वि.सं २०४८ र २०५६ बाँके जिल्लाबाट निर्वाचित हुनु भएको थियो । 


सन् २००० सेप्टेम्बरमा फिलिपिन्सको मनिलामा भएको एसियाली राजनीतिक दलहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भाग लिनुभएको थियो । यसैगरी, कोइराला २०५८ सालमा भएको संसदीय दलको नेतामा भएको निर्वाचनमा पार्टीका वरिष्ठ नेता  शेरबहादुर देउबासँग पराजित हुनुभएको थियो । 


काठमाडौंमा भएको १२ औं महाधिवेशनमा नेपाली काँग्रेसको सभापति निवर्जाचित कोइरालाले नेता देउवालाई पराजित गर्नुभएको थियो । कोइरालाले एक हजार ६५२ मत उहाँका निकट प्रतिद्वन्द्वी देउवाले एक हजार ३१७ मत पाउनु भएको थियो । 


पाँच दशक राजनीतिमा बिताएका कोइरालाले ०४६ सालपछि कांग्रेस नेतृत्वमा पटक–पटक सरकार बन्दा पनि मन्त्री पद अस्वीकार गर्नुभएको थियो । प्रजातन्त्र पुनःस्थापनापछिको अन्तरिम सरकारमा परराष्ट्रमन्त्री र त्यसपछि पनि पटक–पटक उपप्रधानमन्त्री बन्न गरिएको आग्रह अस्वीकार गर्नु भएको थियो । लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिकामा हनु भएका कोेइरालाले ६ वर्ष जेल र २० वर्ष प्रवास (भारत) मा बिताउनुभएको छ । 


२०३५ सालदेखि कांग्रेस केन्द्रीय सदस्य रहेका कोइराला महामन्त्री, उपसभापति हुँदै पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको कार्यकालमै कार्यवाहक सभापति बन्नुभएको थियो । 


समकालीन नेताहरूमध्ये कोइरालाको जीवनशैली निकै सादा मानिन्छ । कोइरालाले आफ्नो नेतृत्वमा पार्टी्भित्र मूल्य मान्यताको संस्कार सुरू गर्ने, सामूहिक निर्णय प्रक्रियाअनुसार पार्टी सञ्चालन गर्ने, मूल्यांकन र अनुशासन पद्धति विकास गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । तर व्यवहारमा त्यसो गर्न नसक्नु भएको गुनासो पार्टी पंक्तिबाट बेला बेलामा आउने गरेको थियो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..