» » भुमिगतरुपमा लागेको तीन युवक पक्राउ

जनकपुर, फल्गुन ९ गते । भुमिगत समूहमा लागेका सिरहाका तीन यूवक धनुषामा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सिरहा राजपुर १ का अजय सिंह भनिने रामरिझन यादव, मिर्चैया नपा ५ का वेचन पासवान र राजपुर १ का जसलाल यादव रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका अयय सिंह जनतान्त्रिक टाईगर जनशक्ति पार्टीका सैन्य कमाण्डर हुन् भने बेचन र जसलाल टाईगरका कार्यकर्ता । गोप्य सुचनाको आधारमा भारतको सिमानामा पर्ने धनुषा खजुरी ईलाकाबाट तीनै जनालाई पक्राउ गरिएको धनुषाका एसपी रामदत्त जोशीले जानकारी दिए ।

नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि नसिम राईनलाई माघ २२ गते धनुषाको विरेन्द्र बजारमा गोली प्रहार गरि हत्या गर्ने घटनामा रामरिझन संलग्न रहेको प्रहरीको दावी छ । पक्राउ परेकाहरु मधेसका जिल्लाहरुमा भूमिगत संगठनको नाममा धाकधम्की दिदैं अबैध तरिकाबाट चन्दा संकलन गर्दै आएको एसपी जोशी बताउँछन् ।

पक्राउ परेकाहरुमध्ये रामरिझन यादवमाथि ज्यान मार्ने उद्योग तथा बेचन र जसलाल माथि चन्दा ऐन २०२० अनुसार मुद्दा दर्ता गरि अदालतबाट म्याद थप भई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..