» » राजकिय सम्मानसाथ कोइरालाको अन्तेष्ठी भोली ,स्वराज पनि सहभागि हुने


काठमाडौं, २६ माघ । सरकारले दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेका छन् । 
अन्तेयष्ठीमा भारतीय विदेशमन्त्री शुष्मा स्वराज पनि सहभागी हुनको लागि आउने छिन् । शान्तिमन्त्री एकनाथ ढकालले दिएको जानकारी अनुसार बुधवार स्वराज नेपाल आउने पक्क भएकी छिन् । 
मंगलवार बसेको मन्त्रिपरिषद बैठकले पूर्व प्रधानमन्त्री स्वर्गीय शुशिल कोइरालालाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र बुधबार सार्बजनिक विदा दिने निर्णय गरेका छन् । स्वर्गीय कोइरालाको पार्थिव शशिरको अन्त्येष्टि बुधबार पशुपति आर्यघाटस्थित विद्युतीय शव दाहगृहमा हुने छ । 
मन्त्रीपरिषद्ले कोइरालाको निधनको शोकमा २७ देखि २९ गतेसम्म देशभरका सरकारी कार्यालयहरु र स्वदेश तथा विदेशका कुटनीतिक नियोगका कार्यालयहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने समेत निर्णय गरेका छन् । उक्त अवधिभित्र कुनै पनि औपचारिक कार्यक्रमहरु नगर्न सरकारले मातहातका सबै निकायलाई निर्देशन जारी गरेका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..