» » विधुत महशुल नबुझाएको लाइन काट्दैँ

कञ्चनपुर, माघ २० गते  । नेपाल विद्युत् प्राधिकरण वितरण शाखा महेन्द्रनगरले लामो समयदेखि महसुल नबुझाउने ग्राहकको लाइन काट्न सुरु गरेको छ । दुई महिनाभन्दा बढी समयदेखि महसुल नबुझाउने ग्राहकको लाइन काट्न सुरु गरिएको हो ।

माघ १७ गतेदेखि हालसम्म विद्युत् महसुल नबुझाउने ३० जना ग्राहकको विद्युतको लाइन काटिएको वितरण शाखाकाप्रमुख भोजराज जोशीले बताए ।

‘प्राधिकरणको बक्यौता रकममा वृद्धि हुन थालेपछि लाइन काट्न सुरु गरेका हौं,’ उनले भने, ‘लाइन काटिएकामध्ये १२ जना ग्राहकले रु दुई लाख ७५ हजार ३९५ बक्यौता रकम बुझाएपछि पुनः लाइन जोडिएको छ ।’

वितरण शाखाको चालु आवको बक्यौता रु १० करोड १० लाख ६ हजार ३०० पुगेको छ । लामो समयदेखि महसुल नबुझाउनेमा सरकारी कार्यालयसमेत रहेका छन् । (रासस)

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..