» » प्रचण्डलाई महतोको चेतावनी


काठमाडौ फागुन ३ गते । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एमाआवादीका अध्यक्ष प्रचण्डलाई पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलन स्थगित गरेपनि मधेशका विभिन्न जिल्लामा प्रहरीले आन्दोलनकारीलाई धडपकड गरेको प्रति आपत्ति जनाउँदै अध्यक्ष राजेन्द्र महतोले प्रचण्डलाई फोन गरि त्यस्तो आपत्ति जनाएका हुन् ।

अध्यक्ष महतोले शनिवार सरकारका प्रमुख प्रतिपक्षि दल एमाओवादीका अध्यक्ष पुष्पकमलद दहाल ‘प्रचण्ड’ लाई फोन गरी त्यस्तो आपत्ति जनाएका हुन् । अध्यक्ष प्रचण्डलाई उनले सरकारको यो रवैया ठिक भएन, यस्तै रह्यो भने आफूहरु सशक्त आन्दोलनमा बाध्य हुने चेतावनी दिएको सद्भावना पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोले बताए ।

अध्यक्ष महतोले सरकारले वार्ता गरोस्, मधेशको माग गरोस् भनि आफूहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको तर सरकारले आन्दोलनको क्रममा भएको घटनालाई लिएर प्रहरीले धडपकड गरी मुद्दा चलाइ रहेकाले यसले नराम्रो स्थिति उत्पन्न हुन सक्ने धारणा प्रचण्ड समक्ष राखेको बताइन्छ ।

जवाफमा अध्यक्ष प्रचण्डले आफूलाई यस विषयमा कुनै जानकारी छैन यस विषयमा सरकारसँग बुझेर कुरा गर्ने प्रतिकृया दिएको नभएको बताउँदै महोत्तरी, धनुषा, वारा, धडपकड गरेर मुद्दा चलाउन काम गरेको । बाध्य बनाएको छ आन्दोलन गर्न । राजेन्द्र महतोले प्रचण्डले फोन गरेर बुहुत स्पष्ट रवैया ठिक भएन । हामीले आन्दोलनको स्वरुप परिवर्तन गरेर महौल बनाउन । सशक्त आन्दोलन गर्न बाध्य पारेको छ । म कुरा गर्छु भनेको । चैत बैशाखदेखि सशक्त आन्दोलन हुन्छ

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..