» » यो वस्तीमाथि किन पुग्दैन कसैको नजर ?



राकेश यादव 

रौतहट फाल्गुन ७ गते । रौतहटका एउटा यस्तो बस्ती छन्, जहाँ नगरपालिकाको क्षेत्रभित्र भएपनि सरकारी तथा गैरसरकारी सघं सस्थाहरुले दिने सुबिधाबाट बन्चित हुँदै आएका छन् ।

 रौतहटमा रहेका चन्द्रपुर नगरपालि २ स्थित भोलनटार, इपिलघारी , अरुणबस्तिका बासिन्दाहरु लगाएतका गाउँहरुका बासीन्दाले सरकारले दिने सेवा सुबिधा पाउन सकेका छैनन ।

 यी वस्तीमा खानेपानी, शिक्षा, स्वास्थ्य लगाएतका सरकारी सुबिधाबाट बस्तीका अधिकाँश मानिस बन्चित रहेको पाइन्छ । यी बस्तीमा एउटा दुई कक्षासम्म पढाइ हुने विद्यालय मात्रै रहेका कारणले पढ्नका लागी बाराको सिगौल तथा मकवानपुरको धियाल गाविसमा घण्टौ हिडेर जानुपर्ने बाध्यता छ । त्यहाँका प्रमुख बजार चन्द्रनिगाहपुर आउन एकघण्टा भन्दा बढी जंगलको बाटो हिड्नु पर्ने बाध्यताले धेरै बालवालिकाहरु पढ्न जाने गरेका छैनन् ।

सो वस्तिहरुमा करीव २० वर्ष अघिदेखि मानिसहरु बसोवास गर्दै आएका छन् भने करीब पाँचसय घर रहेका छन् । सुकुम्वासी तथा गरीब र विपन्न वर्गका मानिसको वस्तिहरुमा बसोवास रहेको छ । गाउँका अधिकाँश बुढापाका निरक्षर छन् । पढ्ने उमेरका अधिकाँश किशोर किशोरीहरु गलैचा कारखानामा कामगर्न काठमाण्डौ जाने गरेका छन् । बालवालिकाहरु समेत नजिकै बिद्यालय नहुँदा पढ्न जाने गरेको पाइदैन । करीव तीनहजार जनसँख्या रहेको सो गाउँमा एसएलसी उतिर्ण गरेका एकमात्र किशोर छन, एसएलसी उतिर्ण गरेका महिला एक जना पनि गाउँमा छैनन् ।

चुनावका बेला नेता आएका थिए त्यसपछि कोहि आएका छैनन्, गाउँको विकास गर्दिन्छौ भन्थे, झुक्याएका रहेछन् स्थानीय होम बहादुर घिसिङ्गले भने । यस वर्षदेखि सो वस्तीहरुमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ रौतहटले चेतनामुलक, आय आर्जन र शीपमुलक कार्यक्रम संचालन गर्न लागेको कारनले गाउँभरी खुशी छाएका छन् ।

गाउँकै एसएलसी उतिर्ण गरेका अमन थोकरले भने ‘पैसाको अभाव र नजिकै विद्यालय नहुँदा धेरै बालबालिकाहरुले पढ्न पाएका छैनन ।’ खानेपानी नहुँदा करीव दुईघण्टा टाढाको कुवामा पुगेर पानी ल्याउनु पर्ने गाउँलेको बाध्यता छ ।

\बाटो नहुँदा वर्षाको समयमा गाउँलेहरु थप पिडित बन्ने गरेको स्थानिय किशोरी बिष्णुमाया वलले बताइन् ।
 पहिलो पटकगाउमा कार्यक्रम आएको र गाउबासीमा चेतनाको स्तरबढ्ने आशा राखेको भन्दै दुई कक्षासम्म पढाइ हुने वनदेवी प्राविका व्यवस्थापन समितीका अध्यक्ष जगत बहादुर वाइवाले खुशी व्यक्त गरे ।

जंगलको बीचमा बस्दै आएकाहरु भन्छन् हामी पनि नगरका बासिन्दा हौ तर वर्षौदेखि कुनै सेवा सुविधा पाएका छैनौ । नगरपालिकाको वडा भएपनि अति नै कष्ठकर जीवन जीउन बाध्य सो बस्तिमा सचेतनाका कार्यक्रम र शीप सिकाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका विषय गत संयोजक रक्षा ओझाले जानकारी दिए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..