» » घुस लिँदालिँदै पक्राउ परेका डिएसपीसहित तीन अधिकृतमाथि अनुसन्धान सुरु

काठमाडौँ, माघ १९ ut]  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घूस लिँदालिँदै पक्राउ परेका महानगरीय प्रहरी प्रभाग ललितपुरका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीसहित तीनजनामाथि छानबिन सुरु गरिएको जनाएको छ ।
एकान्तकुनास्थित जावलाखेल पेट्रोल पम्पको स्वामित्व भोगचलन गर्ने सम्बन्धमा सञ्चालकबीच केही लेनदेनको विवाद रहेकामा त्यसलाई टुङ्गो लगाउन महानगरीय प्रहरी प्रभाग ललितपुरमा पुगेपछि प्रहरी नायब उपरीक्षक ज्ञवाली, प्रहरी निरीक्षक रमेशबहादुर सिंह र प्रहरी नायब निरीक्षक लालमणि पाण्डेले घूस मागेको सूचनाका आधारमा आयोग टोलीले सोमबार पक्राउ गरेको थियो ।
आयोगका अनुसार उनीहरुले हेटौँडा नगरपालिका–४ का विश्वक्रान्ति सिंहको मध्यस्थतामा रु तीन लाख घूस लिँदालिँदा पुल्चोकस्थित थाइघर रेस्टुरेंन्टबाट प्रहरी नायब उपरीक्षक ज्ञवाली र प्रहरी निरीक्षक सिँह र प्रहरी नायब निरीक्षक पाण्डेलाई रु एक लाख ५० हजारसहित कलङ्कीको स्टुडेन्ड क्याफेबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका तीनैजना प्रहरी अधिकृतमाथि छानबिन भइरहेको आयोगले उल्लेख गरेको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..