» » होटलमा बस्दैँ आएको व्यक्तिलाई युवतीले गरिन हत्या

झापा, माघ २८ गते । हत्याको आरोपमा एक युवती प्रक्राउ परेको छन् । झापाको कनकाई नपा ३ का ५० वर्षीय मनोरथ पाठकको हत्या आरोपमा प्रहरीले एक किशोरीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँकी १९ वर्षीया प्रमिला विक छिन् ।

उनलाई दुई दिन अगाडी पक्राउ गरेपनि आज जिल्ला अदालत झापामा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेपछि मात्र इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी खड्गबहादुर खत्रीले आज सार्वजनिक गरेका हुन् ।

माघ ११ देखि उक्त होटलमा विकसँगै बस्दै आएका पाठक मृत अवस्थामा फेला पर्नु र युवती फरार रहनुले घटना रहस्यमय भएको प्रहरी नायब उपरीक्षक खत्री बताउँछन् । उनले विकले नै पाठकको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पनि दावी गरे ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..