» » अख्तियारमा ७ जना विरुद्घ मुदा दायर

काठमाडौं,माघ २९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक बासुदेव वलीसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गेको छ । सशस्त्र प्रहरी बलका लागि सामग्री ढुवानी गर्दा नक्कली बिल–भर्पाइ बनाइ एक करोड १४ लाखभन्दा बढी भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले शुक्रबार मुद्दा दायर गरेको हो ।
सशस्त्रप्रहरीका पूर्वनायब उपरीक्षक महेन्द्रबहादुर कार्की्विरुद्ध पनि एक करोड १४ लाख ५४ हजार रुपैयाँ बिगो–जरिवाना माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

त्यसैगरी, सशस्त्रका बहालवाला प्रहरी निरीक्षकहरु विनबहादुर थापाविरुद्ध १ करोड १४ लाख, मुनिहिरा महतविरुद्ध २८ लाख १८ हजार र शिवबहादुर अधिकारीविरुद्ध ७ लाख ३ हजार रुपैयाँ बराबर भ्रष्टाचार गरेको अभियोग अख्तियारले लगाएको छ ।

यस्तै, सशस्त्र सहायक निरीक्षकद्वय देबेन्द्रबहादुर श्रेष्ठविरुद्ध ५ लाख ६० हजार र लेखबहादुर खत्रीविरुद्ध ४५ लाख २० हजारको बिगो तथा जरिवाना माग गर्दै अख्तियारले मुद्दा दायर गरको हो ।

यसअघि, सशस्त्र प्रहरीका निलम्बित महानिरीक्षक कोषराज वन्तलगायतविरुद्ध अख्तियारले मुद्दा दायर गरिसकेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..