» » युद्धग्रस्त सिरियामा मिसाईल आक्रमण ५० जनाको मृत्यु १०० भन्दा बढि घाइते

एसेन्जी, फागुन ४ गते । युद्धग्रस्त सिरियामा मिसाईल आक्रमण ५० जनाको मृत्यु भएको छ । सिरियाका केही अस्पताल र विद्यालयमा भएको मिसाइल आक्रमणमा ५० जनाको मृत्यु भएको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
आक्रमणमा परि मारिनेमा बालबालिका संख्या बढी रहेका छन् । संयुक्त राष्ट्र संघका अनुसार सिरियाको एलेप्पो शहर र इदलिब प्रान्तका ५ वटा अस्पतालमा र दुई विद्यालयमा आक्रमण भएको वीवीसीले लेखेको छ ।
आक्रमणमा सय भन्दा बढी घाइते भएका छन् । राष्ट्र संघले यो आक्रमणलाई अन्तर्रा्ष्ट्रिय कानुनको उल्लंघन भनेको छ । केही सामाजिक कार्यकर्ताले भने यो आक्रमण हुनुमा रुस जिम्मेवार रहेको आरोप लगाएका छन् । तर आक्रमण कसले  गरेको हो भन्ने पुष्टि भएको छैन ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..