» » नाकाबन्दी फिर्ता हुने गरि मधेशी मोर्चाको यस्तो आयो विज्ञप्ति


मोर्चाको प्रेस विज्ञप्ति
------------------------
नेपाली जनताले लामो समयदेखि समानता, स्वतन्त्रता र सामाजिक न्याय प्राप्तिका साथै विभेद रहित समावेशी, संघीय लोकतान्त्रिक गणतन्त्र, नेपालको स्थापनाका लागी संर्घष गर्दै आएको सर्वविदितै छ । 

यसै सन्दर्भमा मधेशी, आदिवासी जनजाती, दलित, महिला, मुस्लिम, थारु, अल्पसंख्यक तथा सिमांतकृत सामुदायआदिका बिरुद्ध कायम रहेको भेदभाव, असमानता, शोषण, उत्पीडनलाई अन्त्य गर्नुका साथै उक्त सामुदायहरुको अधिकार र पहिचान समेतलाई सम्बोधननै नगरी जबरजस्ती जारी गरिएको नेपालको संविधानले विगतमा प्राप्त अधिकारलाई समेत हनन् गर्ने कार्य गरेको हुँदा सोको बिरुद्ध संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा निरन्तर रुपमा संर्घषरत नै रहेको छ ।

 मोर्चाले उठाएको राजनीतिक मुद्दाहरुलाई सरकारले सम्बोधन गर्नुका सट्टा राज्य आतंक सिर्जना गरी आन्दोलनकारीहरुमाथि हिंसा, हत्या, दमन गर्ने, झूठा मुद्दामा फसाएर थुनामा राख्ने कार्य गर्दै आएको छ । मोर्चा सरकारको यस्तो क्रियाकलापको घोर भत्र्सना एवं निन्दा गर्दछ । 

आमजनताको सहयोग र सहभागिताकै कारणले आन्दोलन उच्चाईमा पुगेको छ । यसका लागी शहादत दिनु भएका सम्पूर्ण वीर शहीदहरुप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनको क्रममा घाईते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौ । 
आन्दोलनलाई सहयोग गरिरहनु हुने सम्पूर्ण जनसमुदाय, उद्योगपति, व्यापारी, शैक्षिक संस्थान, पेशाकर्मी, किसान, मजदुर, युवा विद्यार्थीलाई मोर्चा हार्दिक धन्यवादका साथै आभार व्यक्त गर्न चाहन्छ । शान्तिपूर्ण, अहिंसात्मक तथा असहयोग आन्दोलनलाई अझ बढी उचाई प्रदान गर्दै निर्णायक आन्दोलनको रुपमा रुपान्तरित गर्न र अझ बढी शसक्त बनाउन मोर्चाले निम्न निर्णयहरु गरेको छ ।
१. वर्तमान अवस्थामा मुलुकका समस्या, जनताका आवश्यकता र जनताद्धारा प्राप्त सुझावहरुलाईु
ध्यानमा राख्दै जारी रहेको आन्दोलनका घोषित कार्यक्रमहरु मध्ये आम हड्ताल, नाका अवरोध र
सरकारी कार्यालय बन्दलाई मात्र तत्कालका लागि स्थगित गरी यसका अतिरिक्त आन्दोलनका अन्य
कार्यक्रमहरु यथावतै नै रहिरहने छ,
२. आन्दोलनका क्रममा मोर्चाबाट भएका कमि कमजोरी र त्रुटिहरुको समीक्षा गर्दै र त्यसलाई
सच्याउँदै आन्दोलनलाई अझ सशक्त र व्यापक रुपमा अगाडि बढाउनका लागि आवश्यक तयारी
एवं गृहकार्य गरी आन्दोलनलाई तराई÷मधेश÷थरुहटका साथै काठमाडौं सहित अन्य क्षेत्रहरुमा पनि
परिचालन गर्ने,
३. संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई अझ बढी व्यापक र प्रभावकारी बनाउन यस मोर्चाभन्दा
बाहिर रहेका राजनीतिक पार्टी÷मोर्चालाई समावेश गर्ने,
४. आन्दोलनकै क्रममा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको पछिल्लो कार्य र अभिव्यक्तिबाट
आन्दोलनलाई ठूलो क्षति पुग्न गएको हुँदा अब उप्रान्त यस्ता क्रियाकलाप नगर्न र नगराउन मोर्चा
निर्देश गर्दछ,
५. मोर्चा आन्दोलनरत रहेकै बेलामा आन्दोलन फिर्ता लिएको वा आन्दोलनरत शक्ति पराजित भएको
भनि सरकारद्धारा प्रायोजित विभिन्न प्रचारबाजी, आन्दोलन विरोधी तत्वहरुले सिर्जना गरेको भ्रम
तथा अफवाह र विभिन्न संचार माध्यमहरुद्धारा सम्प्रेषित भ्रामक समाचारप्रति खेद व्यक्त गर्दै यस्ता
आन्दोलन विरोधी प्रचारबाजीको भ्रममा नपर्न मोर्चा आग्रह गर्दछ । हाम्रा मुद्दाहरु सम्बोधन
नहुञ्जेलसम्म आन्दोलन जारी नै रहिरहनेछ । जस्तो सुकै कठीन परिस्थितिमा पनि हामी संघर्षबाट
पछि हटेका पनि छैनौं र हट्ने पनि छैनौं,
६. सरकारले मुलुकमा कृत्रिम अभाव सिर्जना गरी सरकारी संरक्षणमा कालोबजारी र माफियातन्त्रलाई
प्रोत्साहित गरी मुलुकको अर्थतन्त्रलाई कालाबजारिकरण गर्ने, भूकम्प पीडितहरुलाई राहत तथा
पुनर्वासको समस्याको बेवास्ता गर्ने र लोडसेडिङ बढाउने कार्यहरुको मोर्चा घोर विरोध एवं भत्र्सना
गर्दछ,
७. आन्दोलनका आगामी कार्यक्रमहरु यस प्रकार रहेका छन् ।
(क) २०७२ माघ २९ गते, जिल्ला सदरमुकामहरुमा मसाल जुलूस प्रदर्शन गर्ने,
(ख) २०७२ फाल्गुन ५ गते, जिल्ला सदरमुकामहरुमा लाठी जुलूस प्रदर्शन गर्ने,
(ग) २०७२ फाल्गुन ७ गते, जिल्ला सदरमुकामहरुमा विरोध सभा गरी मोर्चाले राखेका ११ बुँदे माग
जन समक्ष प्रस्तुत गर्दै गाउँ÷नगरहरुमा जनमत संकलनका रुपमा हस्ताक्षर अभियान संचालन गर्ने,
(घ) उपरोक्त कार्यक्रमहरुका अतिरिक्त जिल्ला स्तरिय मोर्चा वा मोर्चाका घटक दलहरुले आवश्यकता
अनुसार निर्णय गरी आन्दोलनका अन्य कार्यक्रमहरु संचालन गर्न सक्नेछन्,
यसका अतिरिक्त आन्दोलनका सम्बन्धमा आवश्यक छलफल र गृहकार्य गरी मोर्चाले संघर्षका आगामी सशक्त कार्यक्रमहरु यथाशीर्घ घोषणा गर्नेछ, । २०७२ माघ २५
उपेन्द्र यादव महन्थ ठाकुर राजेन्द्र महतो महेन्द्र राय यादव
(अध्यक्ष) (अध्यक्ष) (अध्यक्ष) (अध्यक्ष)
सङ्घीय समाजवादी फोरम,नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी सद्भावना पार्टी तराई मधेश सदभावना पार्टी,नेपाल

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..