» » उपेन्द्र यादवले भने, जेपी गुप्ता कुन दलमा हुनुहुन्छ मलाई थाह छैन


सिरहा, फागुन ९ गते । संघीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जेपी गुप्ताको कुन दल छ आफूहरुलाई थाहा नभएकोले मोर्चामा आबद्ध नगराएको बताए । सिरहाको लहानमा आइतवार पत्रकार माझ कुरा गर्दै यादवले उनको पनि कुनै दल हुन्छ भने मोर्चामा अवश्य सहभागि गराइने बताए ।
अध्यक्ष यादवले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गएको ६ महिनादेखि गरेको आन्दोलनको स्वरुप मात्रै परिवर्तन गरेको भन्दै स्वरुप परिवर्तन सहितको अर्को आन्दोलन छिट्टै घोषणा हुने बताए ।  तीन ठूला दलले आफ्नो हठमा संविधान जारी गर्नुभन्दा अगाडिदेखि चलेको आन्दोलन रोकिएको नभई स्वरुप मात्रै परिवर्तन गरेको पनि उनले बताए ।

उनले भने– आन्दोलन रोकिएको छैन । स्वरुप परिवर्तन गरेर शक्ति संचयमा लागेको छ । छिट्टै नयाँ स्वरुपको आन्दोलन घोषणा हुन्छ ।
यादवले मधेसलाई आन्तरिक उपनिवेश बनाएर राखेकाले आन्तरिक उपनिवेश नहटेसम्म मधेस आन्दोलन जारी रहने बताए ।

उनले भने– अधिकारविहिन जनताले अधिकार पाउन निरन्तर संघर्ष गर्नुपर्छ । चाहे जुनसुकै संघर्ष होस् । त्यो कस्तो हुन्छ भने कुरा सरकारको व्यवहारमा भरपर्छ ।’

पूर्वपरराष्ट्र मन्त्री समेत रहेका यादवले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणलाई परराष्ट्रको कुटनीतिक नीति विपरित भएको बताए । उनले प्रधानमन्त्री ओलीको हठको कारण विदेश मामिला नीति समेत असफल भएको बताए ।

उनले भ्रमणको बेला समेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानबाट असन्तुष्टलाई सम्बोधन गरेर अगाडि बढ्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएको भन्दै भ्रमणले मधेसको समस्या सामाधान नहुने बताए ।

उनले प्रधानमन्त्री ओलीको भारत भ्रमण सामान्य रहेको भन्दै भ्रमणले परम्परा निभाउने काम मात्रै भएको बताए । उनले भने– ‘छिमेकी मुलुकको सरकार प्रमुखलाई सम्मान दिनु औपचारिकता हो त्यसलाई के के नभयो भनेर बुझ्नु हुदैन ।’

संचारकर्मीहरुको जिज्ञासा यादवले मोर्चाको खेल सरकार परिवर्तन भन्दा आफ्नो मुद्दा सम्बोधन महत्वपूर्ण रहेको बताए । उनले भने– ‘ओली नेतृत्वको सरकार जति समय सम्म रहन्छ, त्यती धेरै क्षति हुन्छ ।’ उनले थपे– ओली नेतृत्वको सरकार भित्रभित्रै मक्किसकेकोले एमालेभित्रै पनि ओलीको विकल्प खोज्नुपर्छ ।’ एक फरक प्रसंगमा यादवले जेपी गुप्ता नेतृत्वको तराई मधेस राष्ट्रिय अभियान मधेसको कुनै शक्ति नभएको बताए ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..