» » झडपमा तीन सैनिकको मृत्यु

मनिला, माघ २१ गते । दक्षिणी फिलिपिन्सको कोम्पोस्टेला प्रान्तमा बामपन्थी समूह न्यु पिपुल्स् आर्मी (एपीए) र सैनिकबीच भएको झडपमा तीन सैनिकको मृत्यु भएको समाचार छ । स्थानीय सञ्चारमाध्यमले बिहीबार सो जानकारी दिएको बताइएको छ । सो स्थानमा यसअघि पनि भिडन्त भएर केही सरकारी सुरक्षाकर्मीको ज्यान गएको थियो ।
दक्षिणी फिलिपिन्सको टिबागोन गाउँमा करिब ६० जना विद्रोहीसँग सैनिकको ३० मिनेटसम्म भएको झडपमा दुई सैनिकको मृत्यु हनुको साथै अन्य दुई घाइते भएका छन् । त्यसैगरी नापनापान गाउँमा करिब १० विद्रोहीले गरेको गोली प्रहारमा एक सैनिकको मृत्यु भएको बताइएको छ । सशस्त्र कम्युनिस्ट पार्टीसँग आवद्ध एपीएले फिलिसिन्समा सरकारविरुद्ध आन्दोलन चलाएको चार दशक पूरा भईसकेको छ । रासस÷एपी

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..