» » सिके राउतको दुईजना कार्यकर्ता भए रिहा

वीरगन्ज, माघ २९ गते । डा. सिके राउतले नेतृत्व गरेको स्वतन्त्र मधेस गठबन्धनका दुई जना अगुवा कार्यकर्ता आज रिहा भएका छन् ।  दुई महिना २१ दिनको लामो बसाई पश्चात आज गठबन्धनका नेता सदाम हुसेन र वृजेस सिंह रिहा भएका हुन ।
बारा जिल्लाको महागढीमाई नगरपालिका स्थित धर्मशालामा कार्यकर्ता भेलाबाट  जिल्ला प्रहरी कार्यालय बाराले  पक्राउ गरेको थियो  । माघ २८ गते सम्मानित जिल्ला अदालत बाराले बिना शर्त रिहा गरेको छ । नेताद्वव हुसेन र सिंहलाई प्रहरीले हातहथियार मुद्दा चलाएको थियो ।
स्वतन्त्र मधेस गठबन्धन पर्साका संयोजक रामेश्वर साह एवं वरिष्ठ सल्लाहकार सरोज कर्णको नेतृत्वमा  वीरगंज कारागार अगाडी  रिहा भएका गठबन्धनका नेताहरुलाई भव्य सम्मान गरिएको थियो । सो अवसरमा गठबन्धनका अगुवा नेताहरु बिनोद सर्राफ,राजाबाबु साह,जयप्रकास यादव,संजय साह,दिपेश सिंह,नरेन्द्र चौरसिया,सोभालाल रौनियार लगायतको सहभागिता रहेको थियो ।
वीरगंज कारागार अगाडीबाट निकालिएको मोटरसाईकल रयाली वीरगंज नगर परिक्रमा गर्दै कलैया भरत चौकमा गएर सम्मान भएको थियो । सो रयालीमा मधेसी एकता जिन्दावाद ,नेपाली उपनिवेश अन्त्य हो मधेस देश स्वतन्त्र हो  ,मधेसमा हत्या हिंसा बन्द गर लगायतको नारा लगाइएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..