» » तुलानारायणको विचारसँग दिपेन्द्र झाको असहमति


-दिपेन्द्र झा
मित्र तुला नारायण साहजीको मधेस आन्दोलन तुहियो भन्ने विचारसंग म पनि सहमत छैन । किनभने मधेश आन्दोलन जारी छ । यो आन्दोलन तबसम्म जारी रहन्छ जबसम्म मधेशी, थारु लगायतका सिमान्तकृत समुदायले मानसम्मान, राज्यको हरेक निकायमा आधा हिस्सेदारी, स्वायत्तता सहितको संघीयता पाँउदैन ।

फेरी विश्वको विभेद विरुद्धको आन्दोलनको इतिहासलाई हेर्ने हो भने यस्ता संघर्ष लामो हुने गरेको छ । चाहे त्यो दक्षिण अफ्रिको रंगभेद विरुदको आन्दोलन होस वा आयरल्याण्डको पहिचानको आन्दोलन होस् । आन्दोलन संधै एकै नास र स्वरुपको हुदैन । आन्दोलन गर्ने नेतृत्व पनि संधै सफल नै हुन्छ भन्ने पनि हुदैन । फेरि नयाँ नेतृत्व पनि आकासबाट आउने होइन । समय लाग्छ त्यही आन्दोलनवाट निस्किने हो ।

हामीले नेतृत्वको सार्वजनिक आलोचना गर्दा नेतृत्व नै कमजोर हुने गरी गर्यौं भने त्यो ठाउँ खाली हुन्छ र अर्को अतिवादले ठाउँ लिने हो । मधेशीदलका नेतृत्वले मधेश आन्दोलनमा जे जति योगदान र संघर्ष गरेका छन् सरहानीय र ऐतिहासिक छ।


अहिलेको अवस्था न जितको र न हारको अवस्थाा हो । न त मधेसीले जितेका छन्, न राज्य हारेको छ वा न राज्यले जितेको छ र नत मधेशीले हारेको छ । यो आन्दोलनमा भएको ठुलो शहादत र जनताको योगदानमा यति धेरै शक्ति छ जसले आन्दोलनलाई तुहिन दिदैन भनेममा सबै ढुक भए हुन्छ।

तर तुलाजीको बिचार कान्तिपुरमा आएपछि जसरी वहाँको पृष्ठिभूमिलाई लिएर व्यक्तिगत आलोचना गरिएको छ त्यो उपयुक्त होइन । वहाँको मधेसप्रतिको कमिटमेन्टमा तनिक पनि शंका उपशंका नगरियोस् । वहाँले लेख र अनुसन्धान मार्फत मधेशीहरुको अधिकारको सवाल र एजेण्डमा दिएको योगदान अविष्मरणीय छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..