» » कारबाही अगाडी बढाउँदा पार्टी फोड्ने हल्ला चलायो : संघीय समाजवादी (विज्ञप्ति सहित )

काठमाडौं,माघ २१ गते । अनुशासन समिती गठन गरेर अराजक गतिविधिमा संलग्न केहि नेतामाथि कारबाही अगाडी बढाउँदा पार्टी फोड्ने हल्ला चलाएको संघीय समाजवादी फोरम नेपालले जनाएको छ ।

फोरम नेपालका केन्द्रिय सदस्यद्धय राजकुमार यादब र रिजवान अंसारी लगायतका केही नेताले पार्टी फुटाउने बताएका थिए । तर सो पार्टीका जिल्ला इन्चार्ज विरेन्द्र प्रसाद यादबले आज विज्ञप्ती जारी गरेर कारबाही अगाडी बढाउदा उनीहरु पार्टी फुटाउने हल्ला चलाएको दावी गरेका छन् ।

नेता अन्सारी र यादब पार्टीको निर्णय विपरित अनुशासनहीन एवं अराजक गतिबिधिमा संलग्न भएको विज्ञप्तीमा उल्लेख छ । साथै अशोक राईको पार्टीसँग एकता हुँदा राम्रो ठाउँ नपाएका अन्सारी पहिलेदेखि नै असुन्तुष्ट रहेर मुस्लिम पार्टी गठन गर्न लागेको र नेता यादब पार्टीको निर्णय विपरित संघीय समावेशी मधेसी मोर्चामा आवद्ध भई अराजक गतिविधि गर्दै आएको प्रष्ट पारेको छ ।

दुई( चार जना अराजक गतिबिधि गर्नेहरु तत्कालीन संघीय समाजवादी पार्टीका स्थानीय, गाउँ, जिल्ला स्तरका कार्य समितिका सदस्यहरु राखी पार्टी फुटेको हाउगुजी चलाउनु अत्यन्तै आपत्ति जनक रहेको विज्ञप्तीमा भनिएको छ ।

पार्टीको दोस्रो केन्द्रिय समितिको बैठकबाट अनुशासन समिति गठन भईसकेको बताउँदै संघीय समाजवादी फोरम नेपालका एक केन्द्रिय सदस्यले भने( पार्टीको निर्णय विपरित अनुशासनहिन तथा अराजक गतिविधिमा संलग्न नेता अन्सारी र यादबलगायतका केहि नेतालाई कारबाही गरेर छिट्टै पार्टीबाट निकाल्ने तयारी भइसकेको छ ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..