» » अनुसन्धानमा ४२ अपाङ्गको एकभन्दा बढि यौन साथी

काठमाडौं, फल्गुन ४ गते । अपांगता भएका ४२ प्रतिशत युवायुवतीको एकभन्दा बढी यौनसाथी रहेको अध्ययनले देखाएको छ ।

अपांगता भएका युवाको यौन तथा प्रजनन स्वास्थ्यका विषयमा मेरिस्टोप्स नेपालले गरेको अध्ययनले ३० वर्ष उमेरका अपांग ययुवायुवतीले एकभन्दा बढीसँग शारीरिक सम्पर्क राख्ने गरेको देखाएको हो ।

अध्ययनमा एक भन्दा बढी यौन साथी भएका उक्त समूहका ११ प्रतिशत अपांग युवायुवतीको पहिलो सम्पर्क दबाबका भरमा भएको पाइएको छ ।

मेरिस्टोप्स क्लिनिकले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सहयोगमा उपत्यकाका तीनसहित ६ वटा जिल्लाका अपांगता भएका युवायुवतीबीच अध्ययन गरेको थियो ।

अध्ययनकाक्रममा विवाहअगाडि प्रेममा पर्ने तथा विवाहितले समेत एकभन्दा बढीसँग यौनसम्पर्क राख्ने गरेको भेटिएको छ ।सहभागीमध्ये एक चौथाइभन्दा बढी विवाहित थिए । उनीहरुमध्ये ६४ प्रतिशतको एक वा एकभन्दा बढी सन्तान थिए । आजको नागरिक दैनिकमा खबर छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..