» » सरकार र मोर्चाबीच पुनः निर्णनायक वार्ताको तयारी

काठमाडौं, २२ माघ । सरकार र मधेसी मोर्चाबीच आज वार्ताको गर्ने तयारी छ । मधेसी मोर्चाका नेताहरु सबै दिउँसो काठमाण्डु आएपछि साँझ वार्ता हुने सक्ने सरकारी वार्ता टोलीले जनाएको छ । उप–प्रधान तथा रक्षामन्त्री भीम रावलले वार्ताका लागि छलफल भइरहेको र आजै साँझसम्म वार्ता हुने सक्ने बताउनुभयो । माघ ९ मा संविधान संशोधनपछि टुटेको संवाद गत सोमबार अघि बढेको थियो । तर त्यसपछि हुन सकेको छैन ।  आज वार्ता भए सीमा नाका खोल्ने र सीमांकनका विषयमा पछि टुङ्गो लगाउनेगरि संयन्त्र बनाउनेमा सहमति खोजिनेछ । सीमांकनमा सहमति नहुँदा आन्दोलन नरोकिएकाले दुवै पक्ष सीमांकनबारे कुनै न कुनै सहमति गर्नुपर्ने मनस्थितिमा पुगेका छन् । सरकारी वार्ता टोलीले प्रधानमन्त्रीसँग अनौपचारी छलफल गरेपछि मोर्चासँग कार्यदललले गर्ने छलफल तय हुनेछ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..