» » मधेशी मोर्चा र प्रमुख दलवीच वार्ता गर्न छलफलको तयारी

काठमाडौं, फागुन २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण यसै हप्तामा हुने भएकोले ओली भ्रमणमा जानु अघि नै सीमांकनको विषयमा रहेको बिबादको समाधान गर्नका लागि दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।
सत्ताधारी दलहरु तथा विपक्षी दल र मोर्चाको बैठक बस्ने तयारी भएपछि दलहरु आआफ्नो पार्टी्भित्रको छलफलमा सक्रिय भएका हुन् । आज बेलुका सम्म कार्यदल तहमा छलफल गर्ने तयारी दलहरुको रहेको छ ।
छलफल कति वेला हुने समय भने तय भइसकेको छैन । कार्यदलका सदस्य कांग्रेस नेता महेश आचार्यले पहिलो चरणमा कार्यदल तहमा र दोस्रो तहमा शीर्ष तहमा छलफल गर्ने तयारी भएको बताउनुभयो ।
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रमुख दलले बोलाए लगत्तै आफूहरु वार्तामा बस्न तयार रहेको बताउनुभयो । अध्यक्ष राजेन्द्र महतोले मोर्चाको आन्दोलन रोकिएको समय उपयोग गर्न सरकारलाई आग्रह पनि उहाँले गर्नुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..