» » अख्तियारलाई शत्रु होइन मित्र ठान्न आयुक्तको आग्रह



राकेश यादव
रौतहट फागुन १५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शत्रु नभई मित्र ठान्न अख्तियारका आयुक्त राजनारायण पाठकले अनुरोध गर्नु भएको छ ।

रौतहटको सदरमुकाम गौरमा क्रिएटिभ ग्रुप अफ नेपालले आयोजना गरेको एक दिवसीय कार्यालय प्रमुखहरुको सुशासन सम्बन्धी अन्र्तक्रिया कार्यक्रमलाई प्रमुखअतिथिको आसनबाट सम्बोधन गर्दै उहाँले जिल्लाको कुनै पनि कार्य सही, सरल, छिटो र पारर्दशिताका साथ गरेमा अख्तियारले कसैलाई केही नगर्ने .धारणा राख्नुभयो ।

जिल्ला विभिन्न कार्यालयहरुले गर्दै आएको कार्यहरु प्रति बढदैं गएका गुनासाहरुलाई समाधानकालागि आयोजित सो कार्यक्रम जिल्लाका सबै कार्यालय प्रमुखहरुको तर्फबाट प्रमुख जिल्ला अधिकारी नरहरी बरालले जिल्लाका सम्पूर्ण गतिविधिहरु पारर्दशिताका साथ सञ्चालन गर्न र जिल्लाको कुनै पनि कार्यालयले काम गर्न अटेरी गरेमा सिधा आफूलाई जानकारी गराउनका लागि बरालले अनुरोध समेत गर्नुभएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..