» »Unlabelled » मलेसियामा १ सय ६१ जना नेपाली कामदार सहित ९ सय ७१ जना कामदार प्रक्राउ

क्वालालम्पुर, एजेन्सी फल्गुन ९ गते । मलेसियाका विभिन्न ठाउँमा गैरकानुनी रुपमा पासपोर्ट नभएका र खलीबली भएर काम गर्ने र मलेसियाका विभिन्न ठाँउहरुमा बसिरहेका १ सय ६१ जना नेपाली कामदारसहित ९ सय ७१ जना बिदेशी कामदार पक्राउ परेका छन् ।

मलेसिया सरकारले शुरु गरेको धरपकडका क्रममा १ सय ६१ जना नेपाली सहित ९ सय ७१ जना विदेशी कामदार पक्राउ परेको मलेसियाको सरकारी समाचार संस्थाले जनाएको छ । शुक्रबार राति १० बजेदेखि १२ घण्टासम्म मलेशियाको मलाका क्षेत्रमा गरिएको खान तलासीमा सबैभन्दा बढी नेपाली कामदार पक्राउ परेका बताइएको छ ।

मेलकामा पक्राउ पर्नेमा चीनका २२ जना, इन्डोनेसियाका १० जना, म्यानमारका ८ जना , वंगलादेशका ६ जना, श्रीलंकाका ४ जना र भारतका १ जना कामदार रहेका छन । पकराउ परेका सबैलाई छानविनका लागि अध्यागमनको हिरासतमा राखिएको छ ।

मलेसिया सरकारले अबैध रुपमा कामगरिरहेका कामदारलाई पुनः वैधानिक हुन र स्वदेश फर्किन दिने प्रक्रिया शुरु गरेसँगै धरपकड पनि तिव्र बनाएको हो । मलेसियामा अवैधानिक रुपमा बसेर काम गर्ने प्रवासीको संख्या अत्याधिक बढेपछि सरकारले कामदार लान बन्द गरेर अवैधानिक कामदारको अन्त्य गर्ने अभियान थालेको छ ।

मलेसियामा झण्डै २० लाख अबैध बिदेशी कामदार कार्यरत रहेको अनुमान गरिएको छ । मलेसियाले बिगत डेढ महिनामा ८ हजार भन्दा बढी अबैध विदेशी कामदारलाई पक्राउ गरिसकेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..