» » प्रजातन्त्रको शुभकामना सहितको पूर्वराजा ज्ञानेन्द्रका प्रेस विज्ञप्ति यस्तो छ,

काठमाडौँ, फाल्गुन ६ गते . पूर्वराजा ज्ञानेन्द्र शाहले विज्ञप्ति निकालेर प्रजातन्त्र दिवसको शुभकामना दिएका छन् । विहीबार विज्ञप्ति निकालेर पूर्वराजा ज्ञानेन्द्रले सम्पूर्ण देशवासीका नाममा शुभकामना सन्देश दिँदै देशको वर्तमान स्थितिका कारण आफू मर्माहित बनेको बताएका छन् ।
यस्तो छ पूर्वराजा ज्ञानेन्द्रको शुभकामना सन्देश
प्यारा नेपाली दिदीबहिनी तथा दाजूभाइ,
प्रजातन्त्र दिवसको यो सूखद अवसरमा हाम्रा जिज्यु बूवाराष्ट्रपिता श्री छ त्रिभूवनको स्मरण गर्दै ज्ञात अज्ञँत शहिद र प्रजातन्त्र प्राप्तिका निम्ती कृयाशिल सवै एतिहासिक व्यतित्व प्रति म हार्दिक श्रद्धाजंली प्रकट गर्दछु ।
नेपाल राष्ट्रको एकिकरण, प्रजातान्त्रिकरण, आधूनिकिकरण एवं मूलूकको अखण्डताको संरक्षण गरि प्रजातान्त्रिक राज्य प्रणाली स्थापनाका निम्ति हामीकहां भएको एतिहासिक प्रजातान्त्रिक आन्दोलन सफल बनाउन राजसंस्था र प्रजातन्त्रका निम्ति समर्पित नेपाली जनता सवैको सयुक्त प्रयत्न रहेको हो । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय गतिशिलताका लागी मैले आफू पन्छीएर पनि मार्ग प्रशस्त गरिदिएको हुँ, तर राष्ट्रको सर्वोत्तम समुन्नतीको आकाक्षांवाट म पृथक छैन । दूर्भाग्यवस, नेपालको राष्ट्रियता, अखण्डता र राज्य व्यवस्थाको नयां विधि एवं प्रकृया नेपाल र नेपालीको हित एवं अग्रगतिका निम्ति साधक सिद्ध हून नसक्नु सबैका लागी दुःखद कुरा हो । अहिले देशमा गतिहिनता, संवेदनहिनता, अनेकता तथा विग्रहको अवस्था देखिएको छ । भविष्यको सून्दर सपना, शान्ति तथा स्थीरताको चाहना राख्ने नेपाली जनता ज्यादै मर्माहत वनेको अनूभुती मैले गरेको छु ।
हामी नअल्मलिई राष्ट्रको भूवनोट, समाजिक स्वरुप, धर्म, संस्कृती र परम्परालाई स्पर्श गरेर सही दिग्दर्शन तर्फ उद्धत हुन म सवैसँग हार्दिक आव्हान गर्दछू । श्री पशूपतीनाथले हामी सबैको कल्याण गरुन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..