» » जनयुद्धमा श्रीमान् गुमाएकी नेतृ यादव एमाओवादी छोडी नयाँशक्तिमा प्रवेश

काठमाडौं, माघ १९ गते । एमाओवादीकी प्रभावशाली नेतृ शीला यादव डा. बाबुराम भट्टराईको नयाँ शक्तिमा प्रवेश गरेकी छन् । नेतृ यादवसँग करिब डेढ सयभन्दा बढी एमाओवादी कार्यकर्ताहरु पनि नयाँ शक्तिसँग जोडिने निर्णय गरेका हुन् ।

धनुषा घर भएकी नेतृ यादब एमाओवादीका अञ्चल कमिटी सदस्य रहेकी थिइन् । उनी सो पार्टीले दिएको सबै जिम्मेवारी आजको दिनदेखि परित्याग गरेर नयाँ शक्तिमा प्रवेश गरेको बताईन् ।

नेतृ यादव तत्कालिन नेकपा माओवादीमा ०५१ सालमा थालेको जनयुद्धसँगै पार्टीको सैन्य, महिला, बुद्धिजीवि र शिक्षक फाँटमा समेत काम गरेकी थिइन् । द्वन्द्वकालमा मकवानपुरदेखि सप्तरीसम्म क्रान्ति उपनाउँले काम गरेकी यादव एमाओवादी जनयुद्धका महान सहिद स्व. अजवलाल यादवकी धर्मपत्नी छिन् ।

०५८ सालमा सहादत प्राप्त गरेका पार्टीका तत्कालिन केन्द्रीय सल्लाहकार र प्रस्तावित केन्द्रीय सदस्य समेत रहेका स्व.यादवका बुवा, दाजु, भाइ, बैनीज्वाइँ गरी पाँच जनाले माओवादी जनयुद्धमा आहुती दिएका थिए ।

नयाँ शक्तिमा प्रवेश गरेकी नेतृ यादब ०६२र०६३ को जनआन्दोलनपछि स्थापित अन्तरिम विधायिकामा सदस्यसमेत थिइन् । एमाओवादीले सहिद र जनताका एजेण्डालाई बिर्सिसकेको र सत्तालिप्सामा अल्झिसकेको हुँदा पार्टी परित्याग गरेको नेतृ यादवले बताइन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..