» » फोरम नेपालद्धारा प्रधानमन्त्रीसँग जवाफ माग


काठमाडौ फागुन ५ गते । संघीय समाजवादी फोरम नेपालले धरहारा बनाउन जनताको पैसा किन लगाउने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ मागेको छ ।

भूकम्पले भत्कनु अघिसम्म धरहरा चढ्न जनताले साइड वाकर्सलाई पैसा बुझाएर मात्र चढ्न पाउँथ्यो । धरहरा र सुन्धारालाई व्यापारीक प्रयोजनको लागि काठमाण्डौ महानगरपालिकाले साइड वाकर्सलाई २० बर्षको न्यून शुल्कमा ठेक्का दिइराखेको छ, फोरम नेपालले भनेको छ, २० बर्षसम्मको स्वामित्व साइड वाकर्सलाई दिएको विरोध स्थानीयले गरेको थियो । तर पैसाको बल अगाडी स्थानीयको पनि केही लागेन ।’


 धरहरा र सुन्धारा क्षेत्रको भोगचलन अधिकार पाएको साइड वाकर्सले धरहराको मर्मत सम्भारदेखि भत्केमा बनाउनु पर्ने दायित्व समेत सम्झौतामा रहेको उललेख गर्दै सो पार्टीले साइड वाकर्स सम्झौता बमोजिम सुन्धारा धरहराको संरक्षण संभार गर्नु भन्दा सम्झौता विपरीत धेरै पसल कवलहरु निर्माण गरेर करौडौं कमाइरहेको बताएका छन् । महानगरपालिकालाई तिर्नु पर्ने न्यून शुल्क समेत साइड वाकर्सले तिरेको देखिएन भने अर्कोतिर धरहरा भत्किसके पनि पसल कवलबाट मासिक लाखौं रुपैयां कमाइरहेको पार्टीले दावी गरेको छ ।

यस्तो अवस्थामा भूकम्पले भत्किएको धरहरा बनाउन प्रधानमन्त्रीले जनताको पैसा लगाउने घोषणाले व्यापारी साइड वाकर्सलाई पोसाउने काम मात्र हुने भन्दै फोरम नेपालले त्यसको विरोध गरेको छ ।
सम्झौता बमोजिम धरहराको पुननिर्माण सकिनासाथ धराहरा चढ्न पैसा उठाउन साइड वाकर्स आउने दावी गर्दै एक पैसा लगानी गर्नु नपर्ने तर नाफा मात्र असुल्न पाइने गरी धरहरा पुननिर्माणमा जनताले पैसा किन लगाउने भनि प्रधानमन्त्रीसँग जवाफ माग गरेको छ ।

 जबसम्म धरहारा तथा सुन्धारा क्षेत्रलाई व्यापारीक प्रयोजन गर्न दिने सम्झौता खारेज हुँदैन र भविष्यमा व्यापारीलाई प्रोत्साहित हुने किसिमले पुरातात्विक क्षेत्रको दोहन गर्न नदिने कानुन सरकारले बनाउँदै तबसम्म धरहार जस्ता पुरातात्विक महत्वको धरोहरहरुको पुननिर्माणमा जनताले लगानी गर्नु हुँदैन भनि माग गरेको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..