» » प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाउने विद्यार्थी पक्राउ


काठमाडौ फागुन ७ गते । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएको बेला भारतमा रहेका मधेशी विद्यार्थीहरुले कालो झण्डा देखाउँदा सैयो विद्यार्थीलाई त्यहाँका प्रहरीले पक्राउ गरेको छ ।

भारतका राजधानी नयाँदिल्लीमा अध्ययनरत मधेशी विद्यार्थीहरूले आजै दुई पटक कालो झण्डा देखाएका छन् । पहिलो पटक विमानस्थल बाट निस्किने वित्तिकै र दोस्रो चोटी नेपाली दुतावास अगाडी कोलो झण्डा देखाएका थिए ।

दुतावासका अगाडी कालोझण्डा देखाउने क्रममा त्यहाँ खटिएका प्रहरीले उज्जवल झा, सुर्य किरण यादव,  अविशेक मिश्र, विकास मिश्र, संजय यादव लगायत सयकडौं मधेशी विद्यार्थीहरुलाई समातेर हिरासतमा राखेको नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले जानकारी गराए ।
अध्यक्ष झाले पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न जोडदार रुपमा माग पनि गरेका छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..