» » कोइरालाको सम्मानमा शोक प्रस्ताव

काठमाडौँ, माघ २७ गते । व्यवस्थापिका–संसद्को बिहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सम्मानमा शोक प्रस्ताव प्रस्तुत हुने कार्यक्रम रहेको छ ।

लामो समयपछि बस्न लागेको संसद् बैठकमा गत सोमबार राति निधन हुनुभएका प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका स्वर्गीय कोइरालाको सम्मानमा शोक प्रस्ताव प्रस्तुत हुनेछ । कोइरालाले नेतृत्व गरेको सरकारले गत असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी गरेको थियो ।

कोइराला २०७० मङ्सिर ४ गते भएको संविधानसभाको दोस्रो निर्वाचनमा बाँके क्षेत्र नं ३ र चितवन क्षेत्र नं ४ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

काँग्रेसको आशन्न १३औँ महाधिवेशनका कारण प्रमुख राजनीतिक दलको सहमतिमा संसद्को बैठक सारिँदै आएको छ ।

व्यवस्थापिका–संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार भोलिको बैठकमा शोक प्रस्ताव प्रस्तुत हुने र त्यसका लागि सचिवालयले आवश्यक तयारी गरिरहेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..