» » किसानको माँग प्रति सरकार उदासिन


लहान, फागुन ७ गते । खेतीको उचित ज्ञान प्रविधि तथा स्रोत साधनको अभावमा तराईका अति विप्पन किसानहरु बढि मार खेपरहेको साना किसान बिकास बैंक लिमिटेड केन्द्रिय कार्यालय काठमांण्डौका प्रमुख खेम बहादुर पाठकले बताएका छन् ।

शुञmबार साना किसान कृषि सहकारी संस्था लिमिटेड मल्हनियाँद्धारा अनुसरण गरिएका गाविस रामनगर कोदरकटी र सिस्वाबेल्हीका साना किसान कृषि सहकारी संस्था लिमिटेडका  हस्तान्तरण कार्यक्रमलाई नि.मावि मल्हनियाँमा सम्बोधन गर्दै सो कुरा बताएको हो । नेपाल सरकारले हालसम्म समेत अति विप्पन किसानहरुका लागि उचित प्रविधि ज्ञान, सिप, तालिम तथा स्रोत साधन गरिब किसान समक्ष पुगाउन सकेको छैन उनले भने — नेपाल कृषि प्रधान देश भए पनि सरकारको उदासिनताका कारण तराईका किसानहरु हरेक सुविधाबाट वञ्चित हुनु परेको छ । नेपाल सरकारले गरिव किसान प्रति यस्तै रवैया राखे किसानहरु बाध्य भई सरकार विरुद्ध आन्दोलनमा जाने उनले चेतावनी समेत दिए ।

उतm अनुसरण कार्यक्रमा प्रर्वधक संस्थाको तर्फबाट साना किसान कृषि सहकारी संस्था लिमिटेड सिस्वाबेल्ही,सप्तरीका अध्यक्ष राम नारायण साह प्रवर्धित संस्थाको तर्फबाट सरस्वती किसान कृषि सहकारी संस्था लिमिटेड मलहनियाँका अध्यक्ष रामकुमार यादव र साना किसान विकास बैंकको तर्फबाट प्रबन्धक राजकुमार यादवले त्रिपक्षीय सहमति पत्रमा समेत हस्ताक्षर गरे ।

सो त्रिपक्षीय सहमति पत्रमा हस्ताक्षर गरेपछि अब सो तिन गाविसका अति विप्पन किसानहरुले अब निःशुल्क रुपमा प्रविधिक ज्ञान, बेलाबेलामा तालिम, खेतिका लागि स्रोतसाधनका साथै बाख्रा पालन, पशुपालन, तरकारी खेती गर्नका लागि न्यून ब्याज दरमा रकम समेत पाँउने सरस्वती किसान कृषि सहकारी संस्था लिमिटेड मलहनियाँका अध्यक्ष रामकुमार यादवले जानकारी दिए ।

कार्यक्रम साना किसान कृषि सहकारी संस्था लिमिटेड सिस्वाबेल्ही,सप्तरीका अध्यक्ष राम नारायण साहको सभाअध्यक्षतामा भएका थिए । यस्ता सम्झौता भएपछि विप्नन किसानका लागि सुनमा सुगन्ध भएको जस्तै त्यस भेगका किसानहरुका लागि भएको अर्का वतmा माँगैन काँमैतले धारणा राखेका थिए ।




About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..