» » ६ महिनामा सामान्य प्रशासनको एकतिहाइ खर्च

काठमाडौं, फाल्गुन ९ गते । चालू आर्थिक वर्षका ६ महिनामा सामान्य प्रशासनका लागि विनियोजित बजेटको ३५.२५ प्रतिशत खर्च भएको छ । अर्थ मन्त्रालयले रणनीतिक आधारमा बजेटलाई विभिन्न ७ विधामा बाँडेर हेर्ने गर्छ । त्यसमध्ये चालू वर्ष सामान्य प्रशासनका लागि ३ खर्ब ७३ अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरिएकोमा अर्धवार्षिक अवधिमा १ खर्ब ३१ अर्ब ६४ करोड रुपैयाँ खर्च भएको हो ।

चालू वर्ष कर्मचारीहरुको तलब–भत्ता वृद्धि नभए पनि सामान्य प्रशासननिक खर्च भने बढेको हो । गत वर्ष सामान्य प्रशासनअन्तर्गत ३ खर्ब ३० अर्ब ८४ करोड विनियोजन भएकोमा ६ महिनामा १ खर्ब १४ अर्ब ४५ करोड खर्च भएको थियो ।
चालू खर्चमा कतिपय वेला विकास निर्माणका कामसँग सम्बन्धित विषय पनि समावेश हुन्छन् । त्यसैले चालू खर्च र प्रशासनिक खर्च फरक हुन्छन् । आजको कारोबार दैनिकमा खबर छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..