» » विहान–विहानै भुकम्पको धक्का महशुस

काठमाडौं, फल्गुन ८ गते । शनिबार बिहानै नुवाकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पको धक्का महसुस भएको छ ।

शनिबार बिहान ३ बजेर ५४ मिनेटमा नुवाकोटको भद्रटारलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको परकम्प महसुस भएको हो ।


यो परकम्पको धक्का नुवाकोट, रसुवा, धादिङ र काठमाडौं उपत्यकामा पनि महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।


यसअघि गत शनिबार सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्यूडको परकम्प महसुस भएको थियो ।

वैशाख १२ को शक्तिशाली भूकम्पयता ४ म्याग्निच्यूडमाथिका ४ सय ३० बढी परकम्प गइसकेका राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..